अमर गोकुल सामुदायिक बन समिति पुनर्वास ११ को अध्यक्ष मा मानबहादुर थापा चयन

धनबहादुर बिक
पुनर्वास अमर गोकुल सामुदायिक बन समिति पुनर्वास नगरपालिका ११ को अध्यक्ष मा समाजसेवी मानबहादुर थापा निर्वाचित भएका छन ।
बन समितिको हालै बसेको बिशेष साधारणसभा बाट समाजसेवी थापा को अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति सर्वसम्मत रूपमा चयन गरिएको छ ।
थापा खाद्य अधिकार मञ्च पुनर्वास का सचिवको जिम्मेवारी समेत सञ्चालन गर्दै आएका छन ।
नव गठित समिति को उपाध्यक्षमा उत्तरा धामि , कोषाध्यक्षमा पुरना राई , सचिवमा सोम बहादुर बानियाँ चषन भएका छन भने सदस्य हरूमा शान्ति थापा , तेजमाया सुनार , विफनी चौधरी , सरिता थापा , रामपति चौधरी , खडक बहादुर तामाङ , सुरेशराज पाण्डेय , चन्द्रबहादुर क्षेत्री , दुर्गा बोहरा , रामबहादुर कामी र देवनारायण चौधरी चयन भएका छन ।
बिशेष साधारणसभा मा पुनर्वास नगरपालिका वडा नम्बर ११ का अध्यक्ष तुलसि अर्याल प्रमुख अतिथि रहेका थिए भने बिशिस्ट अतिथि मा कुण्डा सव डिभिजन बन अधिकृत दिनेश कुमार यादव पुनर्वास नगरपालिका कार्यपालिका सदस्य यादुराम सार्की लगायत बन उपभोक्ता , समाजसेवी बुद्धिजीवी हरूको उल्लेख्य सहभागिता रहेको थियो ।
बनको बिशेष साधारणसभा बाट निर्वाचित नवनिर्वाचित पदाधिकारी लाई वडा अध्यक्ष तुलसि अर्याल तथा बन अधिकृत दिनेश कुमार यादवले शुभकामना शुभकामना मन्तव्य सहित धन्यवाद व्यक्त गरेका थिए ।
नव गठित समिति को अध्यक्ष को जिम्मेवारी पाएकोमा धन्यवाद दिदै आफ्नो कार्यकालमा तोकिएको जिम्मेवारी गम्भीरताका साथ पुरा गर्ने अध्यक्ष थापाले प्रतिबद्धता व्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply