कंचनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा रहेको जानकी सामुदायिक वन उपभोक्ता समूहको १३ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार आज सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य राख्दै समितिका सदस्य रामरती चौले वनको संरक्षण, संबद्र्धनमा समितिका सम्पूर्ण पधाधिकारी तथा सदस्यको महत्वपूर्ण योगदान रहेको बताए । उनले आगामी दिनमा वनको चौतर्फी विकासमा सबैको साथ सहयोग मिल्ने विश्वास व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष कैलाश बलायरले वनको संरक्षण केवल केही व्यक्तिले मात्र गरेर नहुने भन्दै सबैको साझा दायित्व भएको बताए । अध्यक्ष बलायरले स्थानीय सरकारले वनको संरक्षण, सम्बन्धमा विशेष चासो दिएको र जानकी सामुदायिक वनलाई वडा र स्थानीय सरकार बाट गर्न सकिने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि सब डिभिजन वन कार्यालय पिपरियाका प्रमुख अधिकृत नवीन सिंहले जानकी सामुदायिक बन एक नमुना वन बनाउन आग्रह गरे । कार्यक्रमका विशिष्ट अतिथि समेत रहेको सि एफ सिसि जिल्ला कञ्चनपुरका सह सचिव पुनाराम चौधरीले जानकी सामुदायिक बन सबैको आकर्षण बन्दै गएको बताए । साथै जानकी सामुदायिक वनलाई सरकारले विशेष चासो दिई नमुना बनाउन आवश्यक रहेको बताए । जानकी सामुदायिक वनका अध्यक्ष चन्द्र प्रकाश भट्टले आफ्नो कार्यकालमा भए गरेका प्रगतिको बारेमा उल्लेख गरे । उनले वनका सम्भावना तथा अवसरहरु उल्लेख गर्दै वन संरक्षण, सम्बद्र्धन तथा बदलिदो जलवायु परिवर्तनका लागी सबै सरोकारवालहरुलाई एकजुट हुन अपिल गरे । कार्यक्रममा वनका अध्यक्ष चन्द्र प्रकाश भट्टले २०७८,७९ को बार्षिक प्रगति प्रतिवेदन, लेखा समिति संयोजक देवेन्द्र प्रसाद भट्टले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । जानकी वन उद्यानमा सम्पन्न कार्यक्रमको संचालन वनका उपोभोक्ता समुहको कार्यालय सचिव कुबेर रानाले गरेका थिए । कार्यक्रममा जानकी सामुदायिक बनका अध्यक्ष निरज भन्डारी विभिन्न सहकारीका पधाधिकारी नेपाली काग्रेसका नेता कार्यक्रता शिक्षक पत्रकार र स्थानीय हरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
