धनबहादुर बिक
पुनर्वास सके सात दिन नसके १ दिन अवस्य कथा श्रवण दानपुण्य गरौ भन्ने मुल नारा सहित कञ्चनपुरको पुनर्वास नगरपालिका १० स्थित विकासबस्तिमा सोमबारदेखि ज्ञान विज्ञान साप्ताह धार्मिक महा- महोत्सव सुरु भएको छ ।
पुनर्वास नगरपालिका १० विकासबस्ति , मेडिकल चोक स्थित श्री कालिका मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको ज्ञान बिज्ञान सप्ताह धार्मिक महा – महोत्सव को पुनर्वास नगरपालिका नगर प्रमुख चोया प्रसाद शर्माले पानसमा बत्ती बालेर तथा १००८ शालिग्राम मा पुजा अर्चना गरि अौपचारिकरूपमा उद्घाटन गर्नुभएको थियो ।
फागुन १ गतेदेखि सुरु भई ७ गतेसम्म सञ्चालन हुने महायज्ञमा करिब एक लाख श्रद्धालु भक्तजनले धार्मिक कथा श्रवण गर्ने जनाईएको छ भने उक्त महायज्ञ बाट संकलन गरिएको आर्थिकबाट मन्दिर परिसर लाई तारबार , गेट निर्माण लगायत संगै सामाजिक क्रियाकलापमा खर्च गरिने सप्ताह धार्मिक महा- महोत्सव व्यवस्थापन समिति संयोजक तेजबहादुर खड्काले बताउनुभयो ।
धार्मिक महा- महोत्सव सफल पार्न समाजसेवी तेजबहादुर खड्का को संयोजकत्वमा २७ सदस्यीय समिति चयन गरिएको छ ।
कार्यक्रममा पुनर्वास नगरपालिका प्रमुख तोया प्रसाद शर्माले पछिल्लो समय आधुनिकताको नाममा हिन्दु धर्म भित्र आएको विचलन ले समाजमा धार्मिक तथा सामाजिक दायित्व अभाव खटिएको बताउनुभयो ।
समाजलाई सहि मार्गमा डोर्याउने कार्य धार्मिक आस्था ले पूरा गर्ने भएकोले सबैलाई धार्मिक विचार को श्रवण गरि सोही मार्गमा लाग्न नगर प्रमुख शर्माले प्रेरित गर्नुभयो ।
समाजसेवी भक्तबहादुर अधिकारी ले शुभकामना मन्तव्यमा आफ्नो भनाइ राख्दै
महायज्ञ को मार्फत समाजमा समतामूलक समाज निर्माण को पाटोमा , जातीय विभेद अन्त्यको पाटोमा साथै सामाजिक दायित्व को बिषयमा यो धार्मिक महोत्सव ले भुमिका निर्वाह गरोस भन्नुभएको थियो ।
ज्ञान बिज्ञान सप्ताह धार्मिक महा – महोत्सव मा प्रत्येक दिन बिहान ५:३० बजेबाट ६:३० बजेसम्म योग बिज्ञान शिविर हुने ६:३० देखि १२ बजेसम्म पुजाअर्चना तथा १००८ शालिकग्राम परिक्रमा श्रीमद्भागवतको पाठ पारायण , १२:३० बजेदेखि ४:३० सम्म कथा प्रवचन र राष्ट्रिय कलाकार द्वारा भजन किर्तन , झाँकि प्रदर्शन आरति , पुष्पाञ्जली , तथा प्रसाद वितरण गरिने ।
सांझ ६ : ०० बजेदेखि ७:०० बजेसम्म ( महात्म्य प्रवचन ) रात्रिकालिन भजनकिर्तन तथा झाँकि प्रदर्शन हुने । त्यसतै २०७९ फागुन ७ गते यज्ञ विसर्जन , पुर्णआहुती , झाँकि , भजनकिर्तन हुने जनाईएको छ भने ज्ञान विज्ञान सप्ताह धार्मिक महा- महोत्सवमा बिशेष तुलादान , गौ दान , ब्रह्ममण भोजन , सालिग्राम ( १००८) परिक्रमा , व्रतबन्ध , विबाह , ग्रहशान्ति , सम्पूर्ण वैदिक अनुष्ठान को कार्यक्रम समेत रहेको मुल आयोजक समिति सदस्य नरेन्द्र गुरूङले बताए ।
उक्त महायज्ञमा प्रखर वक्ता पण्डित श्री प्रमोद पौडेल ( विष्णु प्रपन्न जी) तथा प्रमुख व्यवस्थापक तथा यज्ञ आचार्य श्री कृष्ण दहाल ज्यु प्रमुख कथावाचक रहेका छन ।
मन्दिर समिति संयोजक चेतबहादुर बिष्ट सभापतित्वमा भएको महायज्ञ उद्घाटन कार्यक्रम का प्रमुख अतिथि पुनर्वास नगरपालिका प्रमुख तोया प्रसाद शर्मा रहेका थिए । बिशिस्ट अतिथि मा पुनर्वास नगरपालिका वडा नम्बर ५ का अध्यक्ष पदमबहादुर रोकाया , समाजसेवी भक्तबहादुर अधिकारी , गजेन्द्र बिष्ट लगायत रहेका थिए । कार्यक्रम को सञ्चालन मुल आयोजक समिति का सचिव नारद खड्काले गरेका थिए
