धनगढी : मनसुन सुरु भए संगै निड्स नेपाल सस्थाले पुर्ब बिपद तयारी सामाग्री बेलडाँडि गाउँपालिका लाई विपद प्रतिकार्य सामाग्री हस्तान्तरण गरेको हो ।
परियोजना संचालन भएको बेलडाँडि गाउँपालिका सबै वडा सहित परियोजनाको सहजिकरणमा गठन भएका सामुदायिक विपद् तथा जलवायू उत्थानशिल समितिलाई क्रमश वितरण गरिने निड्स नेपालले जनाएको छ ।
बिभिन्न विपद लाइ समाधान गर्न आवश्यक पर्ने औजार हरु लगायत ब्याक्ती गत सुरक्षा सामाग्री रहेका छन्। जसमा हाप जाकेट,सेल्फ हेल्मेट, माक्स,रेन कोर्ट,लाइफ जाकेट,हेड ल्याम्प, तृपाल स्टेजर डोरि लगायतका ३० वटा बिपद सामग्री पालिका लाई हस्तान्तरण गरेको गाउँ पालिका उपाध्यक्ष शान्ति नाथले जानकारी दिनुभएको छ ।
बेलडाँडि गाउँपालिकामा पनि नदिको प्रभाव पर्ने भएकाले त्यस्तो विपदमा आइपर्ने समस्या लाइ समाञगर्नको लागि सहयोग पुगोस भनेर सामग्री हस्तान्तरण गर्नु भएको हो।
बितरण गरेका सामाग्री ले आपत विपतमा उदारको लागि सहयोग गर्ने हेतुले दिएको बताउदै जुन हेतुका लागि दिइएको हो सोहि क्षेत्रमा प्रयोग हुनु पर्ने बताउनु भयो। बिपदमा मान्छे ले सामाग्री को लागि आहार गोहार पर्ने बाध्यता हटोस उपाध्यक्ष नाथले बताउनुभयो।
सामग्री बुझ्दै नगर पालिका लाइ राहात महसुस भएको गाउँपालिका उपाध्यक्ष शान्ति नाथले बताउनुभयो। जिल्ला का जुनसुकै ठाउमा आवश्यक पर्दा उपलब्ध गराउने यसको भरपुर प्रयोग गर्ने बताउनु भयो। उक्त सामग्री उपलब्ध गराएको मा निड्स नेपाल लाई उपाध्यक्ष नाथले आफ्नो बेक्तिगत र गाउँपालिका परिवारको तर्फबाट धन्यबाद समेत दिनु भएको छ ।
