अरुण चौधरी बयान दिन पुगे कैलाली जिल्ला अदालत

कैलाली कारागारमा थुनामा रहेका प्रतिनिधिसभा सदस्य अरुण चौधरी बयान दिन कैलाली जिल्ला अदालत पुगेका छन् । माघ २९ गते उच्च अदालतले थुनामा रहेका चौधरीलाई कैलाली जिल्ला अदालतमा रहेको श्रव्य दृश्य संवाद कक्षमा बयानका लागि उपस्थित गराउन आदेश दिएको थियो ।

उच्च अदालतले सरकारी वकिलको कार्यालय कैलालीलाई लिखित जवाफ पेस गर्न र चौधरीलाई बयानका लागि उपस्थित गराउन भनेकाे थियाे । १९ माघमा बाँकेबाट पक्राउ गरेका चौधरीकाे रिहाइको माग गर्दै २२ गते उच्च अदालत दीपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो ।

ट्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनाविरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । माघ १९ गते चौधरीलाई बाँकेबाट पक्राउ गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply