धनबहादुर बिक
कञ्चनपुर :- पुनर्वास नगरपालिका–४, घ–गाउँमा आईएमई लाईफद्धारा घातक रोग दाबी रकम भुक्तानी गरेको छ ।
बिमा गरेको केहि महिनामै घातक रोगको संक्रमण देखिएपछि घ गाउँका तारा खड्कालाई आईएमई लाईफ ईन्स्युरेन्स कम्पनी लिमिटेडले शुक्रबार घातक रोग दाबी बाफत ६ लाख भुक्तानी गरेको हो ।
कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माले बिमा जिवन सुरक्षाका लागि गर्नुपर्ने बताए । भारतीय बिमा कम्पनीबाट आफु ठगिएपछि बिमा प्रति बिश्वास गुमेको थियो । तर नेपाली बिमाले भुक्तानी गरेको देखेपछि आफुले समेत बिमा गरेको जानकारी दिए ।
विगतमा विभिन्न कम्पनीहरुको बदमासीले बिमा प्रति बिश्वास टुटेको सुनाउँदै अहिले आईएमई लाईफ कम्पनी उनको सहारा बनेको पुनर्वास–४ का वडाध्यक्ष मनोज जैशीले बताए ।
आईएमई लाईफ ईन्स्युरेन्सले अरु बिमा कम्पनीका भन्दा छिटो दाबी रकम भुक्तानी गर्दै आएको पुनर्वास शाखाका प्रमुख रामबहादुर बुढाले बताए ।
त्यसैगरी धनगढी शाखाका प्रमुख विष्णुबहादुर साउँदले हाम्रो कम्पनीमा पहिलो किस्ताका रुपमा ३३÷३४ हजार तिर्नुभएको थियो, आज ६ लाख प्रदान गर्न पाउँदा हामी गौरवान्वित भएको सुनाए ।
एरिया प्रमुख रानाले बिमामा धेरै विकृतिहरु आएका छन् । बिमा रकम पाउनकै लागि मान्छे मार्ने सम्मका घटना हुने गरेकाले बिमा कम्पनीले पनि अहिले विभिन्न माध्यमबाट अनुसन्धान गरेर मात्रै भुक्तानी दिने गरेको बताए ।
त्यस्तै घातक रोगले ग्रसित बनेका तारा खड्काले बिमाले मृत्यूपछि मात्रै रकम भुक्तानी गर्छ भन्ने लागेको थियो तर आज मैले जिवित हुँदा पनि भुक्तानी पाए आईएमई लाईफ ईन्स्युरेन्स कम्पनी प्रति निकै खुशी भएको बताए ।
उनले सबैलाई बिमा गर्न अनुरोध समेत गरेका छन् ।
उक्त ईन्स्युरेन्स शाखा पुनर्वास नगरपालिका–३, आई.बि.आर.डी.मा करिब डेढ वर्ष देखि निरन्तर धेरैको जिवनको सहाराका रुपमा सेवा दिँदै आएको छ ।
