विश्वासकाे मत जित्छु, मध्यावधि चुनाव हुँदैन : मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार पाँचै वर्ष आफ्नो नेतृत्वमा चल्ने दाबी गरेका छन् । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकारहरूसँग भेटघाट गर्दै उनले आफ्नै नेतृत्वमा पाँच वर्ष सरकार चल्ने बताएका हुन् ।

प्रदेशसभामा कुनै पनि दलको प्रष्ट बहुमत नरहेको अवस्थामा सुदूरपश्चिममा मध्यावधि निर्वाचन हुने आशंका व्यक्त भएको बताउँदै शाहले प्रदेश सरकार पूर्ण कार्यकाल चल्ने दाबी गरे ।

‘विश्वासको मतका लागि सबै दलहरूसँग सकारात्मक छलफल भइरहेको छ । केही दिनमा हामी विश्वासको मत लिन्छौँ । सुदूरपश्चिम सरकार पाँच वर्ष निरन्तर चल्छ,’ शाहले भने’, ‘मध्यावधि निर्वाचनमा जाने कुरा कुनै दल अथवा जनताले चाहेका छैनन्, फेरि चुनावमा गए जनताले लखेट्छन् ।’

५३ प्रदेशसभा सदस्य रहेकोमा सुदूरपश्चिममा सरकार बनाउन २७ सांसदकाे समर्थन आवश्यक पर्छ । नेपाली कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरेर उनीसँग अहिले २३ सांसद छन् । सरकार टिकाइराख्न नागरिक उन्मुक्ति वा माओवादीले समर्थन गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply