होली पर्वका अवसरमा गाउँको देउथानमा बालेको आगो सबैको घर घरमा भित्र्याउने प्रचलन

कञ्चनपुर- कृष्णपुर नगरपालिका – ९ चपरतला, राजघाटका थारु समुदायका अगुवा जियाराम चौधरी, ओमप्रकाश चौधरी होली पर्वका अवसरमा गाउँको देउथानमा आगो बालेको नयाँ आगो सबैको घर घरमा भित्र्याउने प्रचलन अनुसार उहाँ आगो बाल्न व्यस्त हुनुहुन्थ्यो । होलीका अवसरमा गन्यारी नामक काठबाट निकालिएको आगो घरको चुलोमा बालेर वर्ष भरी निभ्न नदिने गरिएको उहाँहरूले बताउनुभयो । “होलीका बेला भित्राइएको आगो तापेमा सबैको घरमा सुख शान्ति हुने र रोग व्याधि हटेर जाने विश्वास रहेको छ”, उहाँले भन्नुभयो, “देउथानमा बालिएको आगोमा गुइँठामा सल्काएर गाउँका सबैले घरमा लैजाने चलन पुस्तौदेखि चल्दै आएको छ, यसलाई जीवन्त राख्दै आएका जानकारी गराए । सिमलको हाँगा गाडेर राखिएको ठाउँमा तोरीको डाँठ लगायतले बेरेर ठूलो थुम्को बनाएर राखिन्छ । थारु गाउँका गुरुवा, वडघरियाले देउथानमा तेलमा पकाईएको रोटी, गुडले पूजा गरि, दियो बालेपछि परिक्रमा सकेपछि त्यस थुम्कोमा आगो लगाउने गर्दछन । आगो भने गाउँका हरहेकोजनालाई प्रसादका रुपमा समान रुपमा बाँड्ने र ग्रहण गर्ने चलन रहेको समाजसेवी लालबहादुर चौधरीले बताउनुभयो ।आगो लग्न आएका व्यक्तिले हिँड्दै गर्दा बाटोमा छाडेको आगो निभाउने गरिन्छ । आगलागी लगायतका घटना नहुन भनेर बाटोमा छुटेको आगो निभाइने गरेको उहाँले बताउनुभयो । “होलीका बेला आगोलाई सगुनका रुपमा भित्र्याउने गरेका छौं”, उहाँले भन्नुभयो, “होलीमा जलाएको भोलिपल्ट गाउँका महिलाले लोटामा पानी लगेर त्यस ठाउँमा रहेको आगो बहनी (एक प्रकारको झाडु) ले निभाउने र सफा गर्ने गर्दछन् । महिला घर फर्केपछि होलीमा रङ लगाउने कार्य गरी रमाइलो गर्दै होली मनाउने गरिन्छ ।” थारू समुदायमा हाेली पुर्णिामा पर्व आगाे भित्र्याउने प्रचलन रहेको चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply