महिला सशक्तिकरण जनयुद्ध र जनआन्दोलनको प्रतिफल : कर्णाली प्रदेश प्रमुख

कर्णाली प्रदेशप्रमुख तिलक परियारले जनयुद्ध र जनआन्दोलनको प्रतिफलस्वरुप महिला सशक्तिकरण भएको बताउनुभएको छ ।

एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले देश–विदेशमा रहेका समग्र नेपाली दिदीबहिनीहरुमा शुभकामना दिनाका साथै आन्दोलनबाट प्राप्त उपलब्धिहरु विश्व महिला आन्दोलनका लागि उत्प्रेरक मानिएको बताउनुभयो । नेपालको संविधानको धारा, ३८ ले महिलामाथि हुने अत्याचार, शोषण, दमन र हिंसा जस्ता लैङ्गिक विभेद र अमानवीय व्यवहार अन्त्य गरी पुरुष र महिलाबीच समानताको प्रत्याभूति गरिएको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

सन्देशमा प्रदेशप्रमुख परियारले भन्नुभएको छ, “कानुनले महिलालाई ३३ प्रतिशत अधिकार सुरक्षित गरेको छ । संयुक्त राष्ट्र सङ्घले सन् २०३० सम्म हासिल गर्न निर्धारण गरिएको दिगो विकास लक्ष्यहरुमा लैङ्गिक समानता कायम गर्ने, असमानता हटाउने, शान्ति कायम गर्ने तथा न्यायमा पहुँच पु¥याउने जस्ता विषयहरु महिला हितमा केन्द्रित गरेको छ । यसको प्रभावकारी कार्यान्वयनमा जोड पुगोस् ।”

नेपालको संविधानले गरेको व्यवस्था र अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालले व्यक्त गरेका प्रतिबद्धताहरु पूरा गर्ने, सबै खाले उत्पीडनको अन्त्य गरी समानता र न्याय सुनिश्चित गर्न क्रियाशील अधिकारकर्मी तथा अभियन्तालगायत सम्बद्ध सबैलाई उत्साहका साथ काम गर्ने प्रेरणा मिलोस् भन्ने कामना उहाँले गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply