‘लैङ्गिक भेदभावविना समानुपातिक समावेशी सिद्धान्त लागू भएको छ’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा देश, विदेशमा रहेका सम्पूर्ण नारीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले नेपालको संविधानले लैङ्गिक भेदभावविना राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक सुनिश्चित गरेको उल्लेख गर्नुभएको छ ।

आज महिला अन्तर्राष्ट्रिय नारी दिवसको विश्वभरि ‘लैङ्गिक समानताको बलियो आधार ः सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच विस्तार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदै छ । महिला अधिकार, सशक्तिकरण र आत्मसम्मान प्राप्तिको ठूलो उत्सवका रुपमा विश्वभर मनाइँदै आइएको छ । नेपालमा आजको दिनलाई राजनीतिक चेतना र जागरण विस्तारको महाअभियानका रुपमा पनि मनाइँदै आइएको मुख्यमन्त्री गिरीले स्मरण गर्नुभएको छ ।

उहाँले सन्देशमा भन्नुभएको छ — जहानियाँ राणाशासन, निरकुङ्श पञ्चायती शासन व्यवस्था र शाही शासनको कठिन अवस्थामा प्रजातान्त्रिक अधिकार प्राप्तिका लागि नेपाली महिलाले गरेको सङ्घर्ष अविस्मरणीय छ । महिला आन्दोलन केवल महिला अधिकार र समानताको लडाइँमा मात्रै सीमित नभएर लोकतान्त्रिक आन्दोलनको फराकिलो दायरामा विस्तार भएको थियो । लोकतान्त्रिक आन्दोलनको दायरालाई फराकिलो बनाउन र उत्कर्षमा पु¥याउन नारी दिवसका अवसरमा आयोजना भएका कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै मुख्यमन्त्रीले महिलाको सक्रियता, जुझारुपन र अठोटको सम्मान व्यक्त गर्नुभएको छ ।

अझै नेपाली महिला कथित बोक्सी, छाउपडी र दाइजो जस्ता कुप्रथाका नाममा पीडित भएको उल्लेख गर्दै उहाँले भन्नुभएको छ, “यस्ता कुप्रथाको अन्त्य गर्नुपर्छ । कानुनको कार्यान्वयन गर्न राज्यलाई सघाउ पु¥याउँदै अघि बढे यी सबै समस्याको समाधान सम्भव छ ।” संविधानको सफल कार्यान्वयन गर्दै महिलाको सुरक्षा, सम्मान र रोजगारीको आधार खडा गर्दै समृद्ध नेपाल निर्माणको महाअभियानमा सबै एकताबद्ध भई अघि बढ्न उहाँले सबै राजनीतिक दल, सङ्घसंस्था र आम नागरिकमा अपिलसमेत गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply