फागुन २७ देखि पाँचपोखरी टी-२० क्रिकेट

पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका, सिन्धुपाल्चोकको आयोजनमा हुन लागेको पाँचाँै संस्करणको पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता यही फागुन २७ गतेदेखि हुन लागेको हो । गाउँपालिकाले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन २७ देखि चैत ३ गतेसम्म हुने लागेको गाउँपालिकाले जानकारी दिएको छ । ,

यसवर्षको प्रतियोगिता पनि मूलपानी रङ्गशालामा सञ्चालन गर्ने तयारीमा लागेको छ । प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका सात वटा टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेताले रू ८० हजार र उपविजेताले रू ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताभरीकै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उत्कृष्ट अलराउण्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

साथै ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए) ले उक्त प्रतियोगितामा सफलता हासिल गर्ने सर्वोत्कृष्ट खेलाडीलाई एकवर्ष र उत्कृष्ट बलर एवं उत्कृष्ट ब्याटरलाई ६ महिना निःशुल्क क्रिकेट प्रशिक्षण प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले २०७४ सालदेखि तीन संस्करण जितबहादुर खड्का स्मृति पाँचपोखरी सुपर आठ जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply