सिंहपुर सामुदायिक हाेमस्टे घरबास तालिम संचालन

कञ्चनपुर – कृष्णपुर नगरपालिकाको वडा नम्बर ६ मा होमस्टे (घरबास) पर्यटनसम्बन्धी आधारभूत तालिम सुरु भएको छ । २ दिन सैद्धान्तिक र २ दिन प्रयोगात्मक गरी ४ दिनको तालिम सञ्चालन हुनेछ । तालिममा पुरुष र महिला गरि ३५ जना सहभागी छन् । संस्कृति, पर्यटन नागरिक उड्डयन सूचना तारा तथा गाउँ विकास समितिले आयोजना गरेको हो । तालिम उद्घाटन गर्दै कृष्णपुर नगरपालिका नगर प्रमुख हेमराज ओझाले घरबास पर्यटनसँग पूर्वाधार, आर्थिक, सामाजिक र सांस्कृतिक विकासका पक्ष जोडिने भएकाले यसको प्रवद्र्धनका लागि कृष्णपुर नगरपालिकाकाे सहयोग रहने बताए । ‘घरबास पर्यटनले महिलाको आर्थिक विकास र आत्मसम्मान बढाउन सघाउँछ,’ उनले भने ,सुन्दर सुदूरपश्चिमकाे‘ मौलिक खाना, सत्कार र घुम्न सम्पदा पर्यटन प्रवद्र्धनका सम्पत्ति हुन् । कृष्णपुर नगरपालिका वडा नम्बर ६ बाट थालिएको कार्यक्रम विभिन्न क्षेत्रमा विस्तार गर्न सकिन्छ ।’ तालिम संयोजक शिव प्रसाद जैसीका अनुसार सहभागीलाई होमस्टे प्रवद्र्धन र बजारीकरण, पर्यटन प्रवद्र्धनका साधन र उपयोग, नेपालको सन्दर्भमा होमस्टे, सम्बन्धी कानुनी प्रबन्ध, पर्यटकीय पूर्वाधार र सेवालगायत विषयमा सैद्धान्तिक ज्ञान जानकारी गराए । स्थानीय पर्यटकीय स्थल र सम्पदासँग होमस्टेको सम्बन्धलगायतलाई पनि सैद्धान्तिक ज्ञानको विषयमा राखिएको छ । प्रयोगात्मक कक्षामा स्थानीय खाना, खानाको गुणस्तर निर्माण, स्वाद, सजावट र वास्नालगायत विषयका सीप सिकाइनेछ । कृष्णपुरमा १ वटा होमस्टे मात्र छ । उक्त कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई राम्रो संग हाेमस्टे तालीमको प्रशिक्षण लिइ अवलोकन गरि ति ठाँउहरुको बारेमा गहिरो ढंगले अध्ययन गरि कृष्णपुर ६ को हकमा धेरै भन्दा धेरै पर्यटकहरु ल्याउनुपर्ने सिंहपुर सामुदायिक वनका अध्यक्ष जाेगराज चौधरीले बताउनु भयो। सिंहपुर सामुदायिक हाेमस्टेकाे र आयोजक तारा गाउँ विकास समिति सुदूरपश्चिमका संयोजक शिव पुरी जैसले ४ दिने हाेमस्टे, व्यवस्थापन तथा आतिथ्यता सम्बन्धि तालिमको २ दिने सैद्धान्तिक २ दिने ब्यबहारिक प्रशिक्षण रहेको बताउदै त्यस्को साथ साथै हाेमस्टेमा आएका पाहुनालाई कसरी स्वागत र सत्कार गर्ने , खाना कुन हिसाबले ख्वाउने के ख्वाउने र पाहुनालाई कसरी बिदाइ गर्ने भन्ने कुरा हाेमस्टेको महत्त्वपूर्ण पक्ष रहेको बताउनु भयो। ४ दिने हाेमस्टे, व्यवस्थापन तथा आतिथ्यता सम्बन्धि तालिम कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर नगरपालिका नगर प्रमुख हेमराज ओझा, विशिष्ट अतिथि कृष्णपुर, नगरपालिका वडा अध्यक्ष बाबुराम चौधरी संस्कृति,पर्यटन नागरिक उड्डयन तारा गाउँ विकास समिति सुदूरपश्चिम संयोजक शिव प्रसाद जैसी, समाजसेवी बुद्धिजीवी,रहेको कार्यक्रमका सभा अध्यक्ष जाेगराज चौधरी, रहेको कार्यक्रममा स्वागत मनतब्य सामुदायिक वनकी सचिव सारदा रानाले गरेकी थिन् संचालन सहसचिव जंगबहादुर चौधरीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply