प्रगतिशील सामुदायिक वनको १०औँ वार्षिक साधारणसभा सम्पन्न

कञ्चनपुर :- प्रगतिशील सामुदायिक वन उपभोक्ता समूहकाे १० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । समूहका अध्यक्ष छाेटेलाल चौधरीको अध्यक्षतामा सम्पन्न साधारणसभाको प्रमुख अतिथि कृष्णपुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष बाबुराम चौधरी रहेका थिए । आन्तरिक लेखापरीक्षण समितिका सदस्य जगत रावलले आव २०७९ र ०८० प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०७८ ०७९ मा सम्पन्न गर्न बाँकी रहेका योजनाहरु यो वर्ष पुरा गरिने उनले बताए । चौधरीका अनुसार वन समूहको मुख्य आम्दानी श्रोत भनेको गोलिया काठ विक्री वितरण आदेश समयमा प्राप्त हुन नसकेकाले गरिबी न्यूनीकरण कार्यक्रम तर्फको अति विपन्न उपभोक्तहरुलाई घर निर्माण कार्य, कृषि कार्यक्रमअन्तर्गत उपभोक्तालाई आवश्यक काठ दाउरा वितरण गर्ने कार्य गर्न नसकिएको बताए । त्यसैगरी उनले समुहको खाली वन क्षेत्रमा वृक्षरोपण गर्न उपभोक्तालाई आग्रहसमेत गरेका थिए । समूहका अध्यक्ष छाेटेलाल चौधरीको को अध्यक्षतामा सम्पन्न साधारणसभाको प्रमुख अतिथि कृष्णपुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष बाबुराम चौधरी, विशिष्ट अतिथि पिपरिया सब डिभिजन वन कार्यालयका वन रक्षक करन सिंह भण्डारी , कृष्णपुर ६ का नि बर्तमान वडा सदस्य दशिराम चौधरी, भलमन्सा जगन चौधरी, समाजसेवी पुष्पराज भट्ट , महेन्द्र बहादुर राेकाय, प्रगतिशील सामुदायिक वनका सचिव जानकी सुनार, सह सचिव दलबहादुर बलायर, सल्लाहकार समितिका संयोजक सुरेन्द्र बाेगटी, लगायतको उपस्थिती रहेको थियो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर नगरपालिका ६ का वडा अध्यक्ष बाबुराम चौधरीले प्रगतिशील सामुदायिक वनले बिधान अनुसार काम गर्नु पर्छ चोरिसिकारी नियन्त्रण, वन्यजन्तुको बासस्थान संरक्षण वार्षिक आम्दानीकाे २५ प्रतिशत वन विकासमा ३७.५ गरिबी न्युनिकरण र महिला विकास बाकी ३७.५ सामुदायिक बिकासका पुर्वाधार निमार्ण शिक्षा , स्वास्थ्य लगायतका काम प्रयोग गर्न समुह पार्दशिर्ताका आधार राम्रो गर्ने बताए । विकाससँगै आकर्षक पर्यटकीय संरचनाहरु निर्माण गरेर फरक पहिचना स्थापित गरेको बताए । समूहका उपाध्यक्ष पदम दमाईले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन काेषा अध्यक्ष फुलपति चौधरीले गरेकी थिइन् कार्यक्रममा उहाँहरुलाई प्रमाणपत्र तथा दोसोल्लाले सम्मान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply