निशुल्क पशु स्वास्थ्य तथा बाँझोपन शिविर कृष्णपुरकाे बाणीमा सम्पन्न,

कञ्चनपुर :- कृष्णपुर नगरपालिका वडा न २ बाणीमा एकदिने निशुल्क पशु स्वास्थ्य तथा बाँझोपन शिविर सम्पन्न भएको छ । पशुसेवा शाखा कृष्णपुरकाे आयोजनामा शिवीर सम्पन्न भएको हो । शिवीरमा वडा न २ का ४४४ जना कृषकहरुको १३ सय २४ बाख्रा, १२० भैंसी ३ बंगुर ६८ गाई गोरु,, १०२ कुकुर गरि जम्मा १ हजार ६ सय १७ पशुहरुका लागी निशुल्क औषधि बितरण गरिएको छ । यस्तै पशुहरुकोे गोबर परिक्षण गरिएको कृष्णपुर नगरपालिकाका पशु विकास शाखा स्वास्थ्य अधिकृत मानबहादुर केसीले जानकारी दिनुभयो । केसीले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रम उदघाटन सत्रकाे अध्यक्षता पशु चिकित्सक डा. मानबहादुर केसीरहेको कार्यक्रममा प्रमुख अतिथि कृष्णपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अर्जुन सिंह साउँद, रहनु भएकोे उक्त कार्यक्रमा प्रमुख अतिथि साउैदले पशुपंक्षी को स्वास्थ्य परिक्षण शिविर निकै महत्वपुर्ण रहेको भन्दै मानिसलाई जस्तै घरमा पालिएका पशुपंक्षीहरुको हेरचाह उत्तिकै आवश्यक रहेको बताउनुभयो । कार्यक्रम समय अनुकुल र कृषकको माग अनुरुप भव्यताको साथ सम्पन्न भएकोमा प्राविधिक टोलि, लगाएत सम्पूर्ण सहयोगी मनमुटुहरु प्रती उच्च सम्मान गर्दै कार्यक्रम सन्चालन गरेर भएका उपलब्धि बारे खुलेर प्रशंसा गरे साथै कृषकको उत्पादनमा वृद्दि, पशु स्वास्थ सेवा घरदैलोमा नै उपलब्ध भएको , गोवर परिक्षण, रेविज विरुद्ध को खोपको निशुल्क पि.पि.आर. भ्याक्सिनको खोपले समेत कृषकलाई कृषि पेशामा लाग्नको लागि थप उर्जा प्रदान गरेको कुरा पनि व्यक्त गरे । अन्य वडा भन्दा आफ्नो वडालाई पृथक र नमुना वडा बनाउनको लागि किसानको हक हितको लागि सदैव लागि पर्ने कुरा पनि प्रस्ट पारे यसको लागी सबैको साथ र सहयोग अपरिहार्यता रहेको हुंदा सहकार्य र समन्वय रहेका टोललाई अगाडि बढउन आफु सदैब तत्पर रहेको सबै टोलको विकास गर्न, सबै वडा बासिन्दाको उत्तिकै महत्त्वपूर्ण भुमिका रहेको अध्यक्ष साउँदले बताए। पशु चिकित्सक डा. मानबहादुर केसीरहेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको कृष्णपुर पशु विकास अधिकृत गाेपाल सिंह बाेहराले संचालन गर्नु भएको बाेहराले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply