एकता सामुदायिक वनको अध्यक्षमा ओड निर्विरोध:* नयाँ समितिद्धारा शपथ ग्रहण

सरस्वती सुनार ञ्चनपुर । एकता सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा देवराज ओड निर्विरोध निर्वाचित भएका छन् । शनिवार कृष्णपुर नगरपालिका वडा न. ६ मा रहेको एकता सामुदायीक वन उपभोक्ता समितिको अध्यक्षमा देबराम ओड निर्वाचीत भएका छन् । वनको बार्षिक साधारण सभा बाट ओडको नेतृत्वमा १५ सदस्यीय कार्य समिति चयन भएको छ । जसको उपाध्यक्ष ललिता वोहरा, सचिव :-कालीराम चौधरी,
कोषाध्यक्ष:- रेबिका चौधरी, सहसचिव:- राजेन्द्र प्रसाद भट्ट
सदस्य:-शेर बहादुर रोकाया, जित चौधरी, हेमा रावल,
कृष्ण बहादुर बोगटी, प्रकाश महता, सरस्वती भट्ट , सितादेवी ओड, रत्ना चौधरी , शान्ती किक निर्विरोध निर्वाचित भएको प्रमुख अतिथि मानबहादुर चौधरीले बताए । कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर नगरपालिका पुर्व एकता सामुदायिक वनका अध्यक्ष मानबहादुर चौधरीले सामुदायिक वनलाई विकास निर्माणसंगै उपभोक्ताहरुको रोजगारी र जिविकोपार्जनसंग जोड्न आवश्यक रहेको बताउनुभयो । चौधरीले सामुदायिक वनले कार्ययोजना निर्माण गर्दा स्थानीय सरकार र डिविजन वन कार्यालयसंग समन्वय गर्न आवश्यक रहेको बताउनुभयो । नव निर्वाचित एकता सामुदायिक वनका अध्यक्ष देब बहादुर ओडले आगामी दिनमा पनि हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply