आफैले जग्गादान गरि खोलेको कलेजमा स्ववियु सभापती लड्दै बोहरा जिन्तेमा ढुक्क

धनगढी । देशमा बैज्ञानिक शिक्षा आजको आवश्यकता भन्ने मुल नारा सहित अनेरास्ववियु र अनेरास्ववियु अखिल (क्रान्तिकारी) संयुक्त प्यानल बाट सभापतिको पदमा मोहन बहादुर बोहरा उमेदवार बनेका छन।

सभापतिका उमेद्वार मोहन बोहराले यो देशमा जनवादि शिक्षाको आवश्यकता भएको बताउनु भएको छ । उहांहरु संयुक्त रुपमा स्वबियु निर्वाचनमा उत्रिएका छन। अनेरास्ववियु र अनेरास्ववियु अखिल (क्रान्तिकारीं) विद्यार्थी संगठनको बाट सेटिगाउँ बहुमुखी क्याम्पस गोकुलेस्वर बैतडीबाट सभापतिका उम्मेदवार बोहराको भनाइ यस्तो छ ।

मुलुकको राजनैतिक परिवर्तनमा विद्यार्थी संगठनको महत्त्वपूर्ण भुमिका रहँदै आएको छ । राजनीतिक रुपले नेपालमा गणतन्त्र स्थापना भएको छ । देशको अर्थतन्त्र दलाल पुँजीपति वर्गको हातमा पुगेको छ। राजनैतिक पार्टीका गलत क्रियाकलापले वर्तमान व्यवस्था प्रति जनताको असंतुष्ट वढ्दै गइरहेको छ। शिक्षा स्वास्थ्य जस्ता महत्त्वपूर्ण क्षेत्र दलालहरुको हातमा पुगेको छ।अन्याय अत्याचार बढेको छ। भ्रष्टाचार मौलाएको छ। राष्ट्रमाथि वैदेशिक हस्तक्षेप बढेको छ। देशको निर्यात अत्यन्त कम छ ,आयात बढेको छ बेरोजगार बढिरहेको छ ।

देशको परिस्थितिका कारण विद्यार्थीहरु पढ्दापढ्दै विदेश जाने तैयारी गरिरहेका हुन्छन् । वर्तमान शिक्षाबाट उत्पादित जनशक्ति विदेश पलायन भैरहेको अवस्था छ । मेडिकल शिक्षा ,प्राविधिक शिक्षा अत्यन्त महंगो छ। बैज्ञानिक शिक्षाको निम्ति संघर्ष गर्ने विद्यार्थी संगठनहरु सत्ताको वरिपरि झुमिरहेकाछन् । तमाम शैक्षिक मुद्दाहरु ओझेलमा परेको छ।

प्राकृतिक साधन स्रोतले सम्पन्न मुलुक साधन स्रोतको समुचित परिचालन गर्न नसक्दा ऋणको डुवानमा परेको छ। देशको शैक्षिक नितिेले साधन स्रोत परिचालन गर्न सक्ने जनशक्ति उत्पादन गर्न सकेको छैन , शैक्षिक बेरोजगार उत्पादन मात्र होइन,बौद्धिक दाष उत्पादन गरेको छ । शासकहरुले उद्योगहरु वन्द गरेर मेनपावर कम्पनी खोलेर वसेका छन् । रातो तातो रगत भएका युवाहरुलाई वेचेर आफ्नो सत्ता चलाइरहेको अवस्था छ। दलाल संसदीय भ्रष्ट व्यवस्थामा जुनसुकै र जसको सरकार बने पनि जनताका आधारभुत समस्या समाधान गर्न सक्दैन । राजनैतिक व्यवस्थाले शिक्षामा प्रत्यक्ष प्रभाव पार्दछ ।

दलाल संसदीय व्यवस्था विरुद्धको संघर्ष अहिलेको प्रधान पक्ष हो । हाम्रो संगठनले छरिएर रहेका क्रान्तिकारी विद्यार्थीहरुलाई संगठित गरेर सशक्त विद्यार्थी आन्दोलनको विकास गर्ने योजनामा कार्यहरु गरिरहेको छ । क्रान्तिकारी संगठनहरु मिलेर २०७९ चैत ५ गते सम्पन्न हुन गइरहेको स्ववियु निर्वाचन उपयोग गर्ने निति अनुरुप निर्वाचन प्रक्रियामा अगाडि बढिरहेका छौं उहाले भने ।

हामीले स्ववियु संस्थालाई रचनात्मक कामगर्ने वर्तमान भ्रष्ट संसदीय व्यवस्था बिरुद्धको संस्थाका रुपमा उभ्याउन चाहन्छौं। त्यसैले हामी यो देशको शिक्षामा आमुल परिवर्तन आजको आवश्यकता लाई मध्य नजर गरी मलाई सभापति पदमा अफ्नो अमुल्य मत प्रदान गरि अत्याधिक बहुमतले जिताउनु हुने छ भन्ने उहाले अपिल गर्नु भएको छ । उचित ल्याब अनि पुस्तकालय बाट अनिवार्य रुपमा प्रत्येक विद्यार्थीलाई छ ओटा बुक पाउने बेबस्था मिलाउने आफ्नो जिम्मेवारी पहिलो मिसन हुने छ उहाले भन्नु भएको छ ।

जुन सेटिगाउँ बहुमुखी क्याम्पस गोकुलेस्वर बैतडीको स्वबियु निर्वाचन हुँदै छ त्यो कलेजमा जग्गादान गरेर त्यो कलेज लाई यहाँ सम्म पुगाउनमा उहाको परिवारको ठूलोहात रहेको छ उसै कलेजबाट बन्दै छन बोहरा स्वोबियु सभापति । मेरो परिवारले जग्गा दान गरेर कलेजको भौतिक पुर्बाधार निर्माण गर्यो
म स्ववियुको नेतृत्व गरेर कलेजको गुणस्तर निर्माण गर्न चाहन्छु। बाकि निर्णय हजुर हरुको हात मा छ। जै बिद्यार्थी जै सेटिगाउ क्याम्पस उहाले भनेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply