धनगढी :- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा बधाई दिनुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा खुसी व्यक्त गर्नुभएको छ । “लिगका खेलहरूमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई हार्दिक बधाई”, प्रधानमन्त्री दाहालले भन्नुभएको छ । एउटा रोमाञ्चक खेलमा यूएईलाई छोटकरीमा डीएल भनिने प्रणालीबाट ९ रनले पराजित गर्दै नेपालले जिम्बाब्वेमा हुने विश्वकप छनौटका लागि आफ्नो स्थान सुनिश्चित गरेको छ।
सामान्यतया खेल खराब प्रकाश वा वर्षा वा अन्य कुनै कारणले अवरुद्ध भएमा डीएल प्रणालीको प्रयोग गरेर नतिजा निकाल्ने वा लक्ष्य पुनर्निर्धारण गर्ने अभ्यास छ।
“त्यस्तो बेला खेलिएको ओभर, बनाएको रन अनि झरेका विकेटहरूको हिसाब उक्त प्रणालीबाट निकालेर नतिजा घोषणा गरिन्छ। बिहीवारको खेलमा अम्प्यारहरूले खराब प्रकाशका कारण खेल अघि बढ्न नसक्ने घोषणा गर्दा नेपाललाई ३६ बलमा ४२ रन चाहिएको थियो।नेपाललाई यूएईविरुद्ध जित दिलाउँदै विश्वकप छनोटसम्म डोर्याएकाे छ
