चराँई मिलन सांस्कृतिक कार्यक्रम कलुवापुरमा मनाइयो

बबिता भट्ट
कञ्चनपुर :- थारु संस्कृति अनुसार महिलाहरुको स्वतन्त्रताको प्रतिकका रुपमा मनाईदै आईरहेको चराई पर्व यस वर्ष कृष्णपुर नगरपालिका.७ कलुवापुर श्री राष्ट्रिय माध्यमिक विद्यालयमा विषेश कार्यक्रमका साथ आयोजना गरि मनाइएको छ ।
“सस्कृति वचाभए, कुरिती हटाभए, निर्झल समाज वनाभए, राना थारु समुदायके राज्यमे सुचीकृत कराभए” भन्ने मुलनाराका साथ विषेश कार्यक्रमका साथ कृष्णपुर नगरपालिका ७ कलुवापुर चराई मिलन कार्यक्रम २०७९ भव्यताका साथ मनाइएको होे । कृष्णपुर नगरपालिकाको आयोजनामा नगर स्तरीय चराँई मिलन सांस्कृतिक कार्यक्रम श्री राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुर ७ कलुवापुरमा भब्य र सभ्यताको साथ धुमधाम का साथ मनायो कृष्णपुर नगर समितिको आयोजनामा थारुजातीको लोप हुदै गइहेको थारु सस्कृतीको संरक्षण सम्वद्धन, विकास सम्बन्धमा समाजसेवी साउला रानाले वताए ।
कार्यक्रमका प्रमुख अतिथी कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले आदीवासी जनजाती थारु समुदायले मनाउने चराई पर्वको शुभकामना दिदै थारु समुदायका विभिन्न धार्मिक तथा सास्कृति महत्व वोकेको थारु जातीको पहिचानको रुपमा रहेको पर्वको संरक्षणमा युवापिढीले विशेष भुमिका निर्वाह गर्नु पर्ने वताउनु भयो ।
हरेक वर्ष चैत्र महिनाको अन्तमि साताको समयमा यो पर्व पर्ने भएकोले पुरानो वर्षलाई विदाई र नया वर्षको आगमनको स्वागतका रुपमा थारु समुदायहरुले देवीको पुजाआजा गरी यस चराई पर्वलाई वनभोजको रुपमा मनाउने प्रचलन रहेकोले यसको धार्मिक महत्व समेत रहेको नगर प्रमुख ओझाले वताउनु भयो ।
यसै गरी कार्यक्रमका कृष्णपुर ४ का अध्यक्ष धर्म बहादुर सिंह ले थारु संस्कृतिको संरक्षण तथा जर्गेनाका लागि सरकार संबेदनशील हुनुपर्ने वताउनु भएको छ । तराईका भुमीपत्रको रुपमा रहेका थारु समुदायको आफ्नै किसिमको सस्कृती र सस्कार रहेको छ । जस मध्ये पनि नेपालकै दुई वटा जिल्ला कैलाली कञ्नपुरमा मात्र वसोवास गर्ने रानाथारुको वेग्लै पहिचान रहेको बताए । कार्यक्रमकाे सभापतित्वमा कृष्णपुर नगरपालिका ७ अध्यक्ष घुम्न राना प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा विशिष्ट अतिथी पुर्व प्रदेश सांसद माननीय श्यामलाल राना, नगर उपप्रमुख द्राेपती राना , वडा नम्बर १ का अध्यक्ष माेहन बहादुर बस्नेत , वडा नम्बर ३ अध्यक्ष खेमराज चौधरी ,वडा नम्बर ४ का अध्यक्ष धर्म बहादुर सिंह वडा नम्बर ६ का वडा अध्यक्ष बाबुराम चौधरी , वडा नम्बर ८ का अध्यक्ष दिनेश खड्का वडा नम्बर ९ का अध्यक्ष कैलाश बलायर समाजसेवी साउला राना , राष्ट्रिय कलाकार लक्ष्मी राना , राम अवतार राना ,मनिसा राना, शिवराज राना , राष्ट्रिय कलाकार खडका बहादुर राना ( राघा ) रामदेव राना संजय दत्त राना कलाकार शंकर राना , अमरसिंह राना , कंचन राना , नरेश राना, मनिसा राना , सरस्वती राना , पार्वती राना लगायत अतिथिमा शिक्षक बुद्धिजीवी समाजसेवी व्यक्तृत्वहरुको समेत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply