रामपुर क्याम्पसमा क्रान्तिकारीकी सरस्वती तिरुवाकाे प्यानल विजयी

धनगढी :- रामपुर बहुमुखी क्याम्पसमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको प्यानल निर्वाचित भएको छ ।
कञ्चनपुरकाे बेलौरी नगरपालिका– ८ कलकत्तामा रहेको रामपुर क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानलै निर्वाचित भएको हो ।
आइतबार दिउँसो सम्पन्न मतगणनाको नतिजाअनुरूप सभापतिमा सरस्वती तिरुवाको प्यानलै निर्वाचित भएका हुन् । निर्वाचित तिरुवाले १५, नेविसंघका धनीराम चौधरीले पाँच र अनेरास्ववियुकी विमला रेग्मीले ४ मत ल्याएका छन् ।
यसैगरी, सचिवमा रमिता चौधरी र कोषाध्यक्षमा रविना राना निर्वाचित भएका छन् । रमिताले १७, अनेरास्ववियुकी शोभा विष्टले तीन र नेविसंघकी सीता पुजाराले तीन तथा कोषाध्यक्षमा क्रान्तिकारीकी रविनाले १६, अनेरास्ववियुकी निशा विकले तीन र नेविसंघका लीला रानाले पाँच मत ल्याएका छन् । सदस्यतर्फ क्रान्तिकारीकै बबिता चौधरी, निशा लम्साल र राजेश्वरी राना निर्वाचित भएका छिन् । कञ्चनपुरका ६ क्याम्पसमा भएको निर्वाचनमध्ये उक्त क्याम्पसमा अखिल क्रान्तिकारीले पहिलो जित हासिल गरेको हो । उक्त क्याम्पसमा ३१ जना विद्यार्थी मतदाता थिए । चुनावमा २५ मत खसेकोमा एक मत बदर भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply