नेपाल दलित मुक्ति अभियान बाँके जिल्ला अधिवेशन सम्पन्न

धनगढी : नेपाल दलित मुक्ति अभियान बाँकेको जिल्ला पहिलो अधिवेशन सम्पन्न भएको छ । नेपालगन्ज बाँकेमा भएको अधिवेशनले तुल्सिराम विश्वकर्मा काे अध्यक्षतामा ५१ सदस्यीय दलित जिल्ला कार्य समिति गठन गरेको छ । नेपाल दलित मुक्ति अभियान मुल समिति बाँकेका संयोजक तुल्सिराम विश्वकर्मा अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल दलित मुक्ति अभियानका केन्द्रीय अध्यक्ष सुनिल लाेहनी रहनुभएको थियोे विशिष्ट अतिथिमा दलित मुक्ति अभियानका केन्द्रीय सदस्य राम कृष्ण विश्वकर्मा,
लिला विक, छविलाल परियार , लिलमान परियार रहनु भएकोे थियोे अतिथिमा लक्ष्मी घमाल, ,राम प्रकाश दर्नाल, ध्रुव श्रीपाइली, माेलह आर्य धाेबी, थान बहादुर बिक,लोक बहादुर परियार, रेशम परियार, दल बहादुर सुनार, सालिकराम परियार रत्न महर, राम रैदास , राम बालक पासवान, टेक बहादुर वि.क, आकाश गहतराज, बिना विश्वकर्मा, सुर्य बि.क, दानबहादुर सुनार लगायत बुद्धिजीवी समाजसेवी पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको कार्यक्रमलाई सम्बाेधन गर्दै दलित मुक्ति अभियानका केन्द्रीय अध्यक्ष लाेहनीले दलित समुदायका व्यक्तिहरु सांगठनिक रुपमा एक भएर अगाडी बढन र आफ्नो अधिकारका निम्ति जुर्मुराएको अवस्था रहेको बताउनुभएको छ । उहाँले सिंगो भातृ संगठन बलियो र चलायमान बनाउनुपर्नेमा जोड दिदै संगठन बिस्तारमा अगाडी बढेको बताउनुभयो। कार्यक्रममा विभिन्न पार्टी प्रतिनिधि लगायतले बोल्दै नवगठित कार्य समितिलाई सफल कार्यकालको शुभकामना दिनुभएको छ । दलित संघ नगर सदस्य टेकबहादुर सुनारको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन नेपाल दलित संघ केन्द्रिय प्रतिनिधि सन्तोष कुमार विश्वकर्माले गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply