थारू महिलाहरूको स्वतन्त्रताको प्रतिक चराई पर्व पचढक्कीमा मनाइयो

कृष्णपुर :- थारु संस्कृति अनुसार महिलाहरुको स्वतन्त्रताको प्रतिकका रुपमा मनाईदै आईरहेको चराई (चरै÷चिरै) पर्व कृष्णपुर नगरप पचढक्कीमा बिहीबार विषेश कार्यक्रम आयोजना गरि मनाइएको छ ।

“सस्कृति वचाभए, कुरिती हटाभए, निर्झल समाज वनाभए, राना थारु समुदायके राज्यमे सुचीकृत कराभए” भन्ने मुलनाराका साथ बिहीबार कृष्णपुर नगरपालिकाकाे पचढक्कीमा चराई मिलन कार्यक्रम २०७९ भव्यताका साथ मनाइएको होे । पचढक्की राना समुदायको आयोजनामा थारुजातीको लोप हुदै गइहेको थारु सस्कृतीको संरक्षण सम्वद्धन, विकास र विस्तार गर्न चराई मिलन कार्यक्रमको आयोजना गरिएको वडा सदस्य माेली रानाले वताउनु भयो ।
होली पर्वको विदाई सगै थारु समुदायको धार्मिक महत्व वोकेको चराई पर्वको वारेमा सवैलाई जानकारी गराउन चराई मिलन कार्यक्रमको आयोजना गरिएको वडा सदस्य रानाले वताए ।
कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर नगरपालिका नगर प्रमुख हेमराज ओझाले आदीवासी जनजाती थारु समुदायले मनाउने चराई पर्वको शुभकामना दिदै थारु समुदायका विभिन्न धार्मिक तथा सास्कृति महत्व वोकेको थारु जातीको पहिचानको रुपमा रहेको पर्वको संरक्षणमा युवापिढीले विशेष भुमिका निर्वाह गर्नु पर्ने वताउनु भयो ।
हरेक वर्ष चैत्र महिनामा यो पर्व पर्ने भएकोले पुरानो वर्षलाई विदाई र नया वर्षको आगमनको स्वागतका रुपमा थारु समुदायहरुले देवीको पुजाआजा गरी यस चराई पर्वलाई वनभोजको रुपमा मनाउने प्रचलन रहेकोले यसको धार्मिक महत्व समेत रहेको ओझाले वताउनु भयो । उहाले आउदै गरेको नया वर्ष २०८० को शुभकामना समेत आदानप्रदान गर्नुभयो ।
यसै गरी कार्यक्रमका विशिष्ट अतिथी कृष्णपुर नगरपालिका उपप्रमुख द्राेपती रानाले थारु संस्कृतिको संरक्षण तथा जर्गेनाका लागि सबैजना संबेदनशील हुनुपर्ने वताउनु भएको छ । तराईका भुमीपत्रको रुपमा रहेका थारु समुदायको आफ्नै किसिमको सस्कृती र सस्कार रहेको छ । जस मध्ये पनि नेपालकै दुई वटा जिल्ला कैलाली कञ्नपुरमा मात्र वसोवास गर्ने रानाथारुको वेग्लै पहिचान रहेको बतायिन,।
कार्यक्रममा कृष्णपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कैदाश बलायर, वडा सदस्य हरिराम राना, समाजसेवी बुद्धिजीवी लगायतका विशिष्ट व्यक्तृत्वहरुको समेत सहभागिता रहेको थियो । विभिन्न थारु सांस्कृतिक झलकका साथै परिकार बनाई खाने र खुवाउने प्रचलन रहेको यस पर्वलाई स्थान विशेषअनुसार चराई, चिरै, चरै, चिरै भजहरको नामले समेत मनाइन्छ । बस्ती भन्दा पर खाली ठाउँमा सामूहिकरुपमा भेला भई महिलाहरुले मनाउने प्रचलन रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply