वित्तीय र प्रशासनिक क्षेत्रमा सङ्घीयता नआएको कर्णालीका मुख्यमन्त्रीको गुनासो

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले देशमा सङ्घीयता आएको भए पनि वित्तीय र प्रशासनिक क्षेत्रमा सङ्घीयता आउन नसकेको बताउनुभएको छ ।

वीरेन्द्रनगरमा आज आयोजना गरिएको राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठनको कर्णाली प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले अहिले पनि कर्मचारी तथा बैंक र वित्तीय संस्थामा केन्द्रले केन्द्रीकृत मानसिकता लादिरहेको गुनासो गर्नुभयो ।

“अहिलेसम्म राजनीतिक सङ्घीयता आएको छ, राजनीतिक सङ्घीयतालाई अब वित्तीय र प्रशासनिकरूपमा कार्यान्वयन गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो, “कर्मचारीले आफ्नो सेवा सुविधाअनुसार र जिम्मेवारीअनुसार जनतालाई प्रवाह गर्ने सेवालाई छिटो–छरितो, गुणस्तरीय र प्रभावकारी बनाउन लाग्नुपर्छ ।”

उहाँले सरुवा, बढुवामात्र नभई जनताको सेवाका लागि सङ्घसङ्गठनलाई परिचालन गर्नुपर्ने आवश्यकता रहेकोसमेत बताउनुभयो । “म कर्णाली प्रदेश सरकारमा जनताको कामदारका रूपमा रहेको छु, राजनीतिक परिवर्तनअनुसार जनताको अवस्था बदल्न सबै लागि पर्नुपर्ने अवस्था छ । अब जनतातिर फर्केर विधेयक ल्याइनेछ । जनताको आवश्यकतानुसार कर्णालीवासीले अपनत्व लिने गरी नीति लिइनेछ, कानुन निर्माण गरिनेछ”, उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply