पुनर्वास मा जग्गा नाप नक्सा कार्य जारी राष्ट्रिय आवास कम्पनी द्वारा जग्गा नाप नक्सा कार्य रोकिदिन नगरपालिका लाई पत्राचार

धनबहादुर बिक
कञ्चनपुर :- पुनर्वास नगरपालिकामा भुमिहिन दलित र अव्यवस्थित बसोवासीको जग्गा नाप नक्सा गर्ने कार्य तिब्रगतिले अघि बढाईएको छ ।
यद्यपि पुनर्वास नगरपालिका अन्तर्गतका दलित भुमिहिन , अव्यवस्थित सुकुम्बासी बसोबास गर्दै आएको जग्गाको स्वामित्व आफ्नो रहेको दावि गर्दै आएको राष्ट्रिय आवास कम्पनी ले जग्गा नाप नक्सा नगरिदिन सम्बन्धित सरोकारवाला लाई अग्रिम पत्राचार गरिसकेको छ ।
राष्ट्रिय भुमि आयोग जिल्ला कार्यालय कञ्चनपुर , पुनर्वास नगरपालिका को कार्यालय कञ्चनपुर राष्ट्रिय आवास कम्पनी लिमिटेड योजना कार्यालय कञ्चनपुर मा उक्त जानकारी सहित पत्राचार गरि सकिएको राष्ट्रिय आवास कम्पनी पुनर्वास का योजना प्रमुख कर्मजित राईले बताए ।
पत्र सङ्ख्या ०७९/८० को चलानी नम्बर ४९/ ११२९ को मिति २०७९ चैत्र १२ गतेको पत्र अनुसार पुनर्वास नगरपालिका अन्तर्गत यस राष्ट्रिय आवास कम्पनीको अधिकार क्षेत्र एंब स्वामित्व मा रहेका जग्गाहरू कम्पनीले आफ्नो प्रबन्धपत्र / नियमावली , फुटकर जग्गा बिक्रीवितरण सम्बन्धि नियमावली २०६९ (संशोधन सहित ) र आर्थिक नियमावली २०७३ तथा सञ्चालक समितिको निर्णय बमोजिम मात्र बिक्रीवितरण गर्नुपर्ने भएकोले कम्पनीको अधिकार क्षेत्र एंब स्वामित्व रहेका जग्गाहरूमा तहाँ आयोगबाट जग्गा
नाँपजाँच एंब वितरण गर्ने कार्य नगरिदिनुहुन अनुरोध गरिन्छ राष्ट्रिय आवास कम्पनी महाप्रबन्धक नारायण प्रसाद बास्तोला द्वारा हस्ताक्षर गरिएको उक्त पत्र मा उल्लेख गरिएको छ ।
नियमावली अन्तर्गत नेपाल राजपत्र को खण्ड ७० सङ्ख्या ३४ को भाग ३ को दफा ४१ मा कुनै व्यक्ति वा संस्था को नाममा दर्ता कायम रहेको जग्गामा बसोबास गरेका भुमिहिन दलित , भुमिहिन सुकुम्बासी वा अव्यवस्थित बसोबासीलाई त्यस्तो व्यक्ति वा संस्थाको जग्गा उपलब्ध गराईने छैन भनी स्पष्टरूपमा उल्लेख गरिएको छ ।
साथै तहाँ आयोग र राष्ट्रिय आयोग कम्पनी बिच मिति २०७७ / १० २२ गते भएको समझदारी पत्र को फोटोकपी पाना समेत ध्यानाकर्षण का लागि पुनर्वास नगरपालिका मा पत्राचार गरिएको राष्ट्रिय आवास कम्पनी पुनर्वास योजना प्रमुख राईले बताए ।
यता पुनर्वास नगरपालिकाले भने राष्ट्रिय आवास कम्पनी को पत्र को अवमूल्यन गर्दै भुमिहिन दलित र अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने प्रतिबद्धता सहित भोगचलन को आधारमा जग्गाको नापनक्सा कार्य लाई तिब्रता दिंदै आएको छ ।
पुनर्वास नगरपालिका को वडा नम्बर ९ बाट भोगचलन को आधारमा जग्गाको नाप नक्सा कित्ता गर्ने कार्य
भुमि सम्वन्धी समस्या समाधान आयोग लगत संकलन इकाई पुनर्वास कन्चनपुरको आयोजनामा कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं ९ बिचफाटा र ख गाउँबाट अव्यवथित बसोवासीको जग्गा नाप नक्सा गर्ने कार्यको सुरुवात गरिएको छ ।
गत चैत्र ७ गतेदेखि वडा नम्बर ९ मा नाप नक्सा सुरु गरि १ हजार २ सय १० कित्ता पुरानो र २४५ कित्ता नयाँ कित्ता मध्ये करिब २० कित्ता मा विवादित भएर १ हजार ४ सय २५ कित्तामा नाप नक्सा सम्पन्न गरि एक सातादेखि नापि टोलीले वडा नम्बर ८ मा निरन्तर नापि गर्दै आएको छ ।
वडा नम्बर ८ माबैसाख १० गतेसम्म ३१५ कित्तामा नक्साङ्कन सम्पन्न गरिएको नापि टोली प्रमुख दिपेश कुमार यादवले जानकारी दिए ।
जनप्रतिनिधि तथा जग्गाधनिको आपसि विवादका कारणले अपेक्षा अनुसारको नापि कार्यमा ढिलाई हुदै आएको अमिन यादवले बताएका छन ।

एक कार्यक्रमको आयोजना गरी उक्त कार्यको सुरुवता गरिएको हो । पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा जयूको सभापतित्वमा सम्पन्न भएको उक्त जग्गा नाप नक्सा गर्ने कार्यको शुभारम्भ कार्यक्रममा राष्ट्रिय भुमि आयोग समिति कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुङ्गाना ज्यूको प्रमुख आतिथ्यता र विशिष्ट अतिथि मा राष्ट्रिय भुमि आयोग समिति कञ्चनपुर का सदस्य सचिव पुष्कर बहादुर पाल ले गरेका थिए ।
पुनर्वास मा ८ हजार भुमिहिन दलित र अव्यवस्थित बसोवासीले फारम भरेको मा हालसम्म करिब १८ सय कित्ताको मात्रै नाप नक्सा पूरा भएको मा अझै दुई महिना लाग्न सक्ने अनुमान गरिएको छ ।
पुनर्वासमा २०२८ सालदेखि बसोबास गरी जग्गाको लालपुर्जा नपाएका स्थानीयहरुका लागि जग्गाको मालिक बनाउन नगरपालिकाले चालेको कदम प्रति पुनर्वासीले खुशी व्यक्त गरेका छन् ।
त्यस्तै भुमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुंगानाले अहिलेको चरणमा संस्थालाई नभई व्यक्तिलाई मात्रै जमिन दिन मिल्ने बताउनुभयो ।भुमिहिन दलित र भुमिहिन सुकुम्बासी भनि भरिएका ५० प्रतिशत फारम रद्द हुने अवस्थामा रहेको र २०७६ माघ २८ सम्म आवादी गरेको १० वर्ष पुरा भएकोलाई मात्रै जग्गा उपलब्ध गराउने उहाँको भनाई छ ।

नगरपालिका भरी ८ हजार बढि फारम भरिएको नगरपालिकाका योजना अधिकृत तथा फोकल पर्शन शंकर बोगटीले जानकारी दिनुभयो ।हाल पुनर्वास नगरपालिकामा राष्ट्रिय आवास कम्पनीको नाममा १सय २७ बिघा जमिन पुर्जा भएको र ७ सय १९ बिघा जमिन फिल्ड बुकमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply