बुद्धका उपदेशबाट आपसी सद्भाव, सहिष्णुता र बन्धुत्व अभिवृद्धि हुनेः प्रदेश प्रमुख शेरचन

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले विश्वले शान्तिको प्रकाशका रूपमा सम्मानित गौतम बुद्धको जन्मभूमि नेपाल हुनु सबैका लागि गौरवको विषय भएको बताउनुभएको छ ।

पच्चिस सय ६७औँ बुद्ध जयन्तीका अवसरमा हाम्रो राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिँदै प्रगतिको बाटोमा अग्रसर रहन प्रण गर्ने अवसरका रूपमा लिनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
बुद्ध जयन्तीका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा प्रदेश प्रमुख शेरचनले शान्तिका दूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सके धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ।

यसबाट राष्ट्रिय एकता सुदृढ हुनाका साथै विश्वशान्तिका लागि समेत मद्दत पुग्ने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख शेरचनले बुद्ध जयन्तीका अवसरमा नेपालीको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सबैलाई अभिप्रेरित गर्न सकोस् भन्ने कामना पनि गर्नुभएको छ ।

वैशाख शुक्लपक्ष पूर्णिमाका दिन बौद्धदर्शनका प्रवर्तक राष्ट्रिय विभूति गौतम बुद्धको त्रिसङ्योग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको दिनलाई विश्विभरका बौद्ध धर्मावलम्बीद्वारा गौतम बुद्धप्रति श्रद्धा एवं भक्तिभाव व्यक्त गर्ने पावन दिवसका रूपमा बुद्धजयन्ती मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply