राजघाटमा चितुवाले बाख्रा खायो

कञ्चनपुर :- कञ्चनपुरकाे कृष्णपुर नगरपालिका ९ राजघाटमा चितुवाको आतंक बढ्दै जान थालेको छ ।
बिहीबार राती कृष्णपुर नगरपालिका वडा नम्बर ९ राजघाट पुनि तिरुवाकाे गोठमा बाधेर राखेको १ वटा बाख्रा चितुवाले गम्भीर घाइते बनाएको छ । भने अर्का स्थानीय बुदे लुहारकाे बाख्रालाई मारेर गएको वडा नम्बर ९ का अध्यक्ष कैलाशबहादुर बलायरले जानकरी दिए ।
पुनि तिरुवाकाे एउटा बाख्रा चितुवाको आक्रमणबाट गम्भीर घाइते भएको छ ।अन्दाजी २४ हजार रुपैयाँको क्षति भएको बिचवा प्रहरी इन्चार्ज गणेश बहादुर बोहराले जानकारी दिए । गाउँमा चितुवाको बिगबिगी हुँदा घरका बाख्रा नै सुरक्षित राख्न नसकिएको भन्दै गाउँलेहरुले चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय वनजंगल बाक्लो हुँदा गाउँमा समेत चितुवाले आक्रमण गर्न थालेको स्थानियहरु बताउँछन् ।
चितुवा आतङ्क मच्चिएपछि स्थानीय त्रसित बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply