सरकारी सवारी साधनमा पुरुष कर्मचारीले मात्रै कब्जा
पुनर्वास नगरपालिकामा सरकारी सवारी साधनको दुरुपयोग भएको भनी नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी, पुनर्वास समितिले पालिकाको ध्यानाकृषण गरेको छ ।
पुनर्वास नगरपालिकामा सरकारी नम्बर प्लेट भएका सवारी साधन र ईन्धनको चरम दोहन भएको र जनगुनासो समेत आए पछि हामीले पालिकालाई सबरदारी गरेका हौं । रास्वपा पुनर्वासका सभापति सुरेश गजुरेलले बताए ।
व्यक्तिगत काम तथा पारिवारिक सदस्यले उपभोग गर्ने, सिमावर्ती भारतीय बजारमा किनमेल गर्न सरकारी सवारी साधन लाने, रक्सी भट्टीमा सरकारी कुराएर राख्ने, पालिकाको ट्याक्टर, जेसिवि, भाईब्रेटर जस्ता भारी सवारी साधन समेत घर, आँगन तथा खेतवारि बनाउन उपभोग गर्ने, जिपमा खेतबाट अन्न बाली ढुवानी गर्ने भेटिएको, सवारी साधन चालक अनुमति पत्र नभएका व्यक्तिलाई कानून विपरित सवारी साधन उपलब्ध गराएको भनी रास्वपाले असन्तुष्टी जनाएको छ ।
सार्वजनिक विदा वा कार्यालय समय भन्दा बाहिर सरकारी सवारी साधन प्रयोग गर्न पाईदैन् । तथापि नागरकको काममा सहजता होस् भनी विदाको दिनमा पनि अति आवश्यक कामका लागि सवारी साधनको पास बनाई प्रयोग गर्न पाईने बाधा अडकाउ फुकाउको व्यवस्था गरिएको छ । तापनि व्यवस्थामा भएको यो सानो छिद्रबाट भित्र पसि पालिकालाई भित्र भित्रै खोक्रो बनाउने मुसा प्रवित्ति जनप्रतिनिधि तथा कर्मचारीमा देखिन थालेको सभापति गजुरेले बताए ।
रास्वपा पुनर्वासका अनुसार सरकारी सवारी साधनमा अधिकांस पुरुष कर्मचारीले मात्रै कब्जा गरेका छन् । पालिकाका भित्र शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला तथा बालबालिकाका शाखाहरु पनि छन तर उनीहरुलाई सवारी साधनको सुविधा अत्यन्तै न्यून दिने वा दिदै नदिने जस्ता असमान व्यवहार देखिएको छ ।
हामीले विरोधको लागि विरोध गर्न खोजेको हैनौं । जनताको सेवा सुविधाको लागि स्रोत साधनको अधिकतम प्रयोग गर्नुपर्छ । मात्र दुरुपयोग नगरौं भनेका हौं । नागरिक प्रति उत्तरदायी हुन हामी घण्टी बजाएर सरोकारवाला सबैलाई पदको उन्मादको चिर निन्द्राबाट जगाउन खोजेका हौं । सभापति गजुरेलले बताए ।
रास्वपाले सार्वजिक विदाका दिनमा पास लिएका सवारी साधनहरूको विवरण पालिकाको आधिकारिक फेसबुक पेजमा सार्वजनिक गर्नु पर्ने, कुन कुन जनप्रतिनिधि र कर्मचारीले सरकारी साधनमा रातो नम्बर प्लेट प्रयोग गरिरहेको छन् सोको विवरण सार्वजनिक गर्नु पर्ने, सवारी चालक अनुमति पत्र नभएकाबाट सरकारी सवारी साधान फिर्ता लिने जस्ता मागहरु राखेको छ ।
रास्वपाले राखेका मागहरु जायज भएको र सुझावहरु दिदा नगरको सुशासन व्यवस्था राम्रो हुने र यस बारे जाँचबुझ गरि कार्यान्वयन प्रकृया अघि बढउने पुनर्वास नगरपालिकाका मेयर तोय नाथ शर्माले बताए ।
यो पहिलो चरणको आन्दोलन हो यस पछि पालिकाले व्यवहारमा सुधार नगरि सरकारी सवारी साधनको दुरुपयोगलाई निरन्तरता दिईएको देखिएमा प्रहरीलाई बुझाई दिने, कानुनी उचारहरु खोज्ने, दुरुपयोगका फोटोहरु जनचेतना लागि संचार माध्यम तथा सामाजिक संजालमा सम्पे्रष्ण गर्ने र बेतिथि विरुद्धको अभियान व्यापक जन सहभागिता मूलक बनाई यो बेतिथीलाई रोकि छाड्ने सभापति गजुरेलले बताए ।
