धनगढी : बाजुराको जगनाथ गाउँपालिकामा वालमैत्री कक्षाकोठा व्यवस्थापन तथा संगठन सम्बन्धित ६ दिने तालिम आज सम्पन्न भएको छ ।जगन्नाथ गाउँपालिकाको आर्थिक सहयोग र प्याराडाइज नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा वैशाख २८ गते देखि सुरु भएको सो तालिम आज सम्पन्न गरिएको हो ।
जगनाथ गाउँपालिकाको श्री महादेव आधारभूत विद्यालय मनिकाँडामा वैशाख २८ गते देखि सञ्चालन भएको सो तालिम आज एक कार्यक्रमका साथ सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।सामाजिक विकास समिति संयोजक गौरी सार्कीको प्रमुख आथित्यमा समापन भएको सो तालिम वैशाख २८ गते गाउँपालिकाका अध्यक्ष श्री काली बहादुर शाही को प्रमुख अतिथित्यमाउद्घाटन गरिएको थियो ।
जगन्नाथ गाउँपालिकाका १० वटा सामुदायिक विद्यालयका ६२ जना शिक्षक शिक्षिकाहरु यो तालिम सहभागि भएका छ्न ।महादेव आधारभूत विद्यालयका प्राधानाध्यापक पदम शाहीले, शिक्षकहरुले अहिले सम्म लिएका अन्य भन्दा यो तालिम निकै प्रभावकारी रहेको बताउँनुभयो ।उहाँले भन्नुभयो, वालमैत्री कक्षाकोठा व्यवस्थापन ,शैक्षिक सामाग्री निर्माण गर्नका साथै प्रदर्शन समेत गरिएको यो तालिमले शिक्षकले बालबालिकाहरुलाई पढाउँदा निकै सहज हुने बताउँनुभयो ।
विभिन्न शिक्षण विधिको प्रयोग लगायत विद्यालयको समग्र प्रशासनिक,साङ्गठनिक सुधारका साथै शिक्षकलाई आफ्नो पदीय जिम्मेवारी प्रति आत्मसात गराउँन यो तालीमले निकै सहयोग गरेको प्राधानाध्यापक शाहीले बताउँनुभयो ।
जगनाथ गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्री जय बहादुर साउँदले, विद्यालयमा वालमैत्री कक्षाकोठा व्यवस्थापन,स्थानीय स्तरमा शैक्षिक सामग्री निर्माण, विभिन्न शिक्षण विधिको प्रयोग,शिक्षकका काम कर्तव्य र जिम्मेवारी साथै समग्र जगन्नाथको शैक्षिक अवस्था सुधारका लागि यो तालिम अत्यन्तै प्रभावकारी भएको बताउँनुभयो ।
उहाँले, यो तालिमबाट प्राप्त सीप र ज्ञानले विद्यालयमा व्यवहारिक कार्यान्वयनका लागि अनुगमन तथा सुपरिवेक्षणलाई प्रभाकारी बनाउँन सके भने १ वर्षमा नै शैक्षिक क्षेत्रमा राम्रो परिवर्तन हुन सक्ने बताउँनुभयो । जगनाथ गाउँपालिकाका आधारभूत तथा प्राथमिक विद्यालयहरुको शैक्षिक क्षेत्रमा राम्रो सुधार ल्याउनका लागि गाउँपालिकाले विभिन्न संघसंस्थाहरु सँग समन्वय गर्दै यो तालिमको आयोजना गरेको हो ।
तालिम समापन कार्यक्रमको प्रमुख अतिथि तथा जगनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष गौरी सार्कीले ,आधारभूत तथा प्राथमिक विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरुको क्षमता अभिवृद्धि विकास गर्ने उद्देश्यले गाउँपालिकाले विभिन्न संस्थाहरु सँग समन्वय गर्दै तालिमको आयोजना गरेको बताउँनुभयो ।उहाँले भन्नुभयो, तालिममा सहभागि शिक्षक शिक्षिकाहरुले आफुले प्राप्त गरेको ज्ञान सीप आआफ्नो विद्यालयका बालबालिकाहरुमा पक्कै पनि प्रयोग गर्ने छन भन्ने विश्वास लिएको बताउँनुभयो ।
यसरी तालिममा सहभागि शिक्षक शिक्षिकाहरुले आफुले सिकेको ज्ञान बालबालिकाहरुको पढाईमा राम्रो सँग प्रयोग गर्दै जाने हो भने दुइ दिनमा विद्यालयको शैक्षिक क्षेत्रमा राम्रो सुधार हुन सक्ने सार्कीले बताउँनुभयो ।