सरस्वती आ.बि पिपरीयाको पढाई मेलाकार्यक्रम सम्पन्न

धनगढी। कंचनपुरको कृष्णपुर नगरपालिका वार्ड नं ९ पिपरियामा विध्यालय स्तरीय पढाइ मेला एक भब्य समारोहका बिच सम्पन्न भएको छ ।

संस्थाको आर्थिक सहयोग ओल्ड भिजन नेपाल कंचनपुरको प्रावधिक सहयोग र सरस्वती आधारभूत विध्यालयको आयोजनामा कृष्णपुर नगरपालिका वडा नम्बर ९ सरस्वती आधारभुत बिद्यालयको पिपरियाको प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

बालबालिकाहरुको समावेशी तथा गुणस्तरीय शिक्षामा समन्यायिक पहुँच तथा पढ्ने बानिको बिकास गर्न विभिन्न किसिमका पढाईसंग सम्बन्धित प्रतियोगिताहरु, स्थानीय पहिचान बोकेका होलिनाच, रनपुतला लगायत सांस्कृतिक कार्यक्रमहरु सहित बिधालयलाई चन्दा र जग्गा उपलब्ध गराउने दाताहरुलाइ सम्मान गरि बिद्यालय स्तरिय पढाई मेला कार्यक्रम २०८० वर्ल्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा संचालित समावेशी तथा गुणस्तरीय शिक्षा कार्यक्रम अन्तर्गत NNSWA कार्यक्रम संयोजक रामेस्वर जैरुले बताएका छन ।

उक्त कार्यक्रम सरस्वती आधारभुत बिद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष देबेन्द्र प्रशाद भट्ट वडानम्वर ९ का वडा अध्यक्ष कैलाश बलायरको प्रमुख आथित्ततामा भएको कार्यक्रमका बिशिस्ट अथितीहरुमा सहयोगी सस्था NNSWA का कार्यक्रम संयोजक रामेस्वर जैरु र अतिथीहरूमा पन्चाधिन माध्यमिक बिध्यालयका प्रधानाध्यापक गणेश दत्त भट्ट, बिणा माध्यमिक बिधालयका प्रधानाध्यापक केशव राज पान्डेय, नब जोति आधारित बिद्यालयका प्रधानाध्यापक टेक बहादुर साउदका,NNSWA कार्यक्रम अधिकृत नरेन्द्र बडैला सम्पुर्ण अभिभावक बिद्यालयका सर म्यामहरुको उपस्थिति रहेको थियो ।

पढाइ मेला कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख तिथी कृष्णपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कैलाश बलायरले आफु स्थानीय सरकारको वडा अध्यक्ष भएको हैसियतले यो ठाउँमा शिक्षामा केकति सहयोग गर्न सकिन्छ तयार रहेको प्रतिवद्वता ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा बिधालयमा बिद्यार्थीहरुको पढाईमा अझै उन्नति प्रगति गर्न,पढाइको गुणस्तर वृद्धि गर्न अहोरात्र खटिरहेको र जुनसुकै परिस्थितिको सामना गर्न तयार रहेको कार्यक्रमका प्रमुख अतिथि तथा वडा नम्बर ९ राजघाटका वडा अध्यक्ष कैलाश बलायरले बताएका छन ।

पढाइमेला संग विध्यार्थीको शैक्षिक उन्नतिका लागि विभिन्न शिक्षा सम्बन्धी अरु क्रियाकलापको साथमा हामि र हाम्रो संस्था निरन्तर लागिरहेको र हामिलाइ यहाँको स्थानिय सरकार र स्थानिय वासिलेले सहयोग गर्नेमा विस्वास रहेको NNSWA कार्यक्रम संयोजक रामेस्वर जैरुले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply