खेतमा धान रोपेर कृष्णपुर नगर प्रमुखले मनाए धान दिवस

धनगढी : कञ्चनपुरको कृष्णपुर नगर प्रमुख हेमराज ओझाले खेतमा धान रोपेर राष्ट्रिय धान दिवस मनाएका छन् । किसानको खेतमा पुगेर नगर प्रमुख ओझाले रोपाहारहरुसँगै धानको रोपाइँ गरेका छन्। नगर प्रमुख ओझा आफैँ खेतमा पुगेर धान रोप्न थालेपछि कृष्णपुरका नगरपालिकाका किसान खुसी भएका छन्। बिना कुनै तामझाम नगर प्रमुख ओझाले धानको रोपाईँ गरेका हुन्।

कञ्चनपुरको मुख्य बाली धान रहेको र धानखेती गर्न कसैले अप्ठ्यारो मान्न नहुने बताएका छन्। नगर प्रमुख ओझाले धान दिवस मनाउँदै किसानसित धान रोपेर सबै वर्गका मानिसले हिलोमाटोमा खेती गरेर देशलाई आत्मनिर्भर बनाउन सहयोग गर्नुपर्ने बताएका छन्।  धान रोपाइँ गरिसकेपछि नगर प्रमुख ओझाले रोपाहाहरुसित बसेर दही, चिउरा र आँप पनि खाएका छन्। राष्ट्रिय संस्कृतिको प्रर्वद्धनमा हरेक नागरिकको भूमिका हुनुपर्ने नगर प्रमुख ओझा को भनाइ छ।

यस्तै प्रयटन बिकास समाज कृष्णपुर नगरपालिका वडा नम्बर ९ कंचनपुरको आयोजनामा कृष्णपुर नगरपालिका बन देबि सामुदायिक बन उपभोत्ता समूह र जानकी सामुदायिक बन उपभोक्ता समुहले सहयोग गर्नु भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

One प्रतिक्रिया “खेतमा धान रोपेर कृष्णपुर नगर प्रमुखले मनाए धान दिवस

  1. पानी पिएको लेख्न छुटाउनुभएछ

Leave a Reply to Bijaya Singh SaudCancel reply