कृष्णपर नगरपालिकाले वितरण गर्याे सुकुम्बासीलाई लालपुर्जा

धनगढी :- कञ्चनपुरको कृष्णपुर नगरपालिकाको ७ भूमिहीन घर परिवारले जग्गाधनी लालपुर्जा प्राप्त गरेका छन्।  शनिबार एक कार्यक्रमका विच कृष्णपुर नगरपालिका र राष्ट्रिय भूमि आयोगले जमिन भएका तर, लालपुर्जा नपाएका किसानलाई लालपुर्जा वितरण गरेका छन । विगतका आयोगले अव्यवस्थित बसोबासीको हकमा गरेको अधुरो काम राष्ट्रिय भूमि आयोग कञ्चनपुरले पुरा गर्दै उनीहरुलाई लालपुर्जा वितरण गरेको छ । राष्ट्रिय भूमि आयोग कञ्चनपुरका सदस्य दिल बहादुर देउवाले अहिले ६५ जना किसानलाई लालपुर्जा वितरण गरिएको बताए । ‘विगतका आयोगले केही काम अघि बढाएका थिए, ‘उनले भने, ‘अहिलेको आयोगले अधिल्ला आयोगको कामको स्वामित्व ग्रहण गर्दै पुर्जा वितरण गरेको छ, अन्य पनि प्रकृतिका जनतालाई लालपुर्जा वितरण गछौँ ।’

नयाँ संविधान निर्माण यता जनतालाई लालपुर्जाको मालिक बनाउने कृष्णपुर पहिलो नगरपालिका हो । कृष्णपुर नगरपालिका मेयर हेमराज ओझाले नगरका जनतालाई जमिनको मालिक बनाउने कामकाज निरन्तर अघि बढाउने बताए । ‘अहिले यो शुरुवात हो, ‘उनले भने, ‘हामीले लालपुर्जा वितरण कार्य निरन्तर अघि बढाउँछौँ ।’

नयाँ र पुराना दुवै प्रकृतिका किसानलाई लालपुर्जा वितरण गरेर नगरपालिकाभरी अब कुनैपनि किसानलाई जमिन बिहिन बनाईने छैन ।’ मेयर ओझाले चुनावका बेला जनतालाई लालपुर्जा दिलाउने प्रतिबद्धता जाहेर गरेका थिए । उक्त चुनावी प्रतिबद्धता अनुरुप काम शुरु भएको मेयर ओझाको भनाई छ । ‘नगरका जनतालाई हामीले जमिनको स्वामित्व हस्तान्तरण गर्दै जमिनाका मालिक बनाउछौँ, ‘मेयर ओझाले भने, ‘अब जमिन बिहिन कृष्णपुरका जनता लालपुर्जाका धनी हुन्छन ।’

राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुङ्गानाले कृष्णपुरले निकै मेहनत गरेर जनतालाई लालपुर्जा दिलाउन सफल भएको बताए । अध्यक्ष ढुङ्गानाले आयोगले लालपुर्जा वितरणका लागि जिल्लाभरी कामकाज अघि बढिरहेको बताए । ‘जिल्लाभरी एक चरणमा हामीले लगत संकलन र निस्सा वितरण गरिसकेका छौँ, ‘उनले भने, ‘अहिले अधिकाँस पालिकामा नापजाँच शुरु भएको छ, हामीले पनि निसन्तर कामकाज अघि बढाएका छौँ ।’ किसानलाई लालपुर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जीता श्रेष्ठ(चौधरी)ले सरकारले देशैभरीका जनतालाई जमिन वितरण गर्ने बताईन ।

मन्त्री श्रेष्ठले अव्यवस्थित बसोबासीको हकमा लालपुर्जाका लागि लाग्ने राजस्व दस्तुर घटाउने प्रतिबद्धता जाहेर गरिन । ‘मैले राजस्व घटाउने बारेमा मन्त्रीपरिष्दमा विषय उठाउँछु, ‘मन्त्री श्रेष्ठले भनिन, ‘सबै ठाँउबाट राजस्व बढि भएको गुनासो आएको छ, मन्त्रालयले यसमा हेर विचार गर्छ, सम्बोधन पनि गर्छ ।’ लामो समयदेखि जमिन भएरपनि लालपुर्जाबिहिन भएका कृष्णपुरका जनता लालपुर्जा पाएपछि हर्षित भएका छन । उनीहरुले आफ्नै जमिनको स्वामित्व पाउन लामो समय पर्खिनुपरेको अनुभव पोखेका छन । भुम
हीनहरुलाई लालपुर्जा वितरण गरिसक्ने गरी काम अगाडि बढाइएको जानकारी दिइन्। देशभित्र रहेका जग्गासम्बन्धी सम्पूर्ण समस्या पनि एक वर्षभित्र समाधान गरिसक्ने गरी योजना बनाएर मन्त्रालय अगाडि बढ्न लागेको उनले बताइन्।

राष्ट्रिय भूमि आयोगमार्फत भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने काम सरकारको उच्च प्राथमिकतामा रहेको मन्त्री श्रेष्ठले सपष्ट पारिन्। कार्यक्रममा पालिका जनप्रतिनिधी, मालपोत,नापी कार्यालय, राष्ट्रिय भूमि आयोगदेखिका प्रदेश सरकारका कर्मचारी सहितको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply