साहित्यकार सिर्जन श्री लगायतका स्रष्ठाहरु सम्मानित

धनगढी : असार 29 गते भानु जयन्तीको छेको पारेर आदिकवि भानुभक्त आचार्यको 210औ जन्मजयन्तीको उपलक्ष्यमा आयोजित,प्रादेशिक प्रतिभा पुरस्कार समर्पण कार्यक्रम ,धनगढीको सौराइ पार्टी प्यालेसमा भब्य रुपमा सम्पन्न भयो।

सुदूरपश्चिम प्रदेश सरकारले भाषा साहित्य , लोक संस्कृति ,संगीत तथा नाट्य र ललितकला गरि ४ जनालाई दिइने पुरस्कार मध्ये साहित्य तर्फको प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार -२०७९ बरिस्ठ साहित्यकार सिर्जन श्रीलाइ प्रदान गर्‍यो।सिर्जन श्रीले नेपाली साहित्यलाई परदेश सम्म पनि सँस्थागत गर्न अहम भूमिका निर्वाह गरेकाछन् ।

उनलाइ मलेसियाली नेपाली गजलको पिता समेत भन्ने गरिन्छ।

त्यस्तै सँस्कृति तर्फको प्रतिभा पुरस्कार सुरत रावत डोटेली कान्छा,संगीत तथा नाट्यतर्फको उदय बोहरा र ललितकला तर्फको प्रतिभा पुरस्कार ताराप्रसाद ओझालाई समर्पण गरिएको छ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टि.एन. जोशीको अध्यक्षतामा सप्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम सरकारका सामाजिक विकासमन्त्री माननीय झपट बहादुर साउद हुनुहुन्थ्यो भने कार्यक्रमको सँचालन दान बहादुर सुनारले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply