कञ्चनपुर। बेलौरीमा रहेको महाकाली बहुमुखी क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनेको छ।
विश्वविद्यालयका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा बसेको सिनेट सभाबाट महाकाली बहुमुखी क्याम्पसलाई विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने निर्णय गरिएको हो।
यो क्याम्पस विश्वविद्यालयको आंगिक क्याम्पस बनेपछि कञ्चनपुरका दक्षिणी क्षेत्रका अभिभावक हर्षित छन्।
महाकाली बहुमुखी क्याम्पस २०४८ सालदेखि सञ्चालनमा आएको थियो। त्यसपछि त्रिभुवन विश्वविद्यालयको मान्यता पाएको क्याम्पस सेवा, सुबिधाबाट भने सधै बन्चित रहेको क्याम्पस प्रशासनले जनाएको छ।
विश्वविद्यालयको आंगिक क्याम्पस बनेपछि दक्षिणी क्षेत्रमा यसबारे जस लिन राजनीतिक दलबीच होडबाजी चलेको छ।
सामाजिक सञ्जालमा हिजोदेखि कामको जस लिनेहरुको जमात देखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
