कञ्चनपुरमा लागु औषध सहित तीनजना पक्राउ परेका छन्।

कञ्चनपुर– लागु औषध सहित कञ्चनपुरमा तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा वीरेन्द्र बडायक, कालु राना र रितिक थापा लागुऔषधसहित पक्राउ परेका हुन्।

जिल्लाको बेलौरी नगरपालिका वडा नम्ब- ६ हात्तिबोझाका बडायक र राना शुन्य दशमलव ३२ ग्राम लागुऔषधसहित पक्राउ परेका हुन्। उनीहरुले सुर्तीको प्याकेटमा लागुऔषध राखेका थिए। इलाका प्रहरी कार्यालय बेलौरी र बेलडाँडीको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

यस्तै जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ४ का थापा तीन दशमलव ६८० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन्। उनीबाट से २ प ८४७८ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply