नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी फेरबदल गरेको छ

धनगढी । नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी फेरबदल गरेको छ। १७ साउनदेखि जारी केन्द्रीय समिति बैठकमा जवाफ दिनुअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आब्हान गरेकाे पदाधिकारी बैठकले नेताहरुको विभाग फेरबदल निर्णय गरेकाे हाे।

जसअनुसार उपमहासचिव वर्षमान पुन अनन्तले विशेष प्रदेशको जिम्मेवारी पाएका छन्। यसअघि उनी केन्द्रीय कार्यालयको इञ्चार्ज थिए। त्यस्तै,संगठन विभाग प्रमुखको जिम्मेवारीमा रहेका अर्का उपमहासचिव जनार्दन शर्मालाई बागमती प्रदेश इञ्चार्जको जिम्मा दिइएको छ। सचिव देवेन्द्र पौडेलले मधेस प्रदेशको इञ्चार्ज पाएका छन्। त्यस्तै, कर्णालीमा चन्द्रप्रकाश खनाल बलदेव र सुदूरपश्चिममा डिलाराम आचार्यले इञ्चार्जको जिम्मेवारी पाएको बताइएको छ।

को कहाँको इन्चार्ज ?

१) वर्षमान पुन- विशेष प्रदेश इञ्चार्ज

२) चक्रपाणि खनाल- कोशी प्रदेश इञ्चार्ज

३) लीलामणि पोख्रेल- मधेश प्रदेश इञ्चार्ज

४) जनार्दन शर्मा- वाग्मती प्रदेश इञ्चार्ज

५) देवेन्द्र पौडेल- गण्डकी प्रदेश इञ्चार्ज

६) हितमान शाक्य- लुम्बिनी प्रदेश इञ्चार्ज

७) मात्रीका यादव- कर्णाली प्रदेश इन्चार्ज

८) डिलाराम आचार्य- सुदूरपश्चिम प्रदेश इञ्चार्ज

९) गिरिराजमणि पोख्रेल- उपत्यका सम्पर्क समन्वय प्रदेश इञ्चार्ज

१०) राम कार्की- प्रवास प्रदेश इञ्चार्ज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply