कृष्णपुर १५ विद्यालयलाई शैक्षिक सामाग्रीहरु वितरण

धनगढी -नेपाल राष्ट्रिय समाज कल्याण संघ {NNSWA}कञ्चनपुरले वल्र्ड भिजन ईन्टरनेसनल नेपालको साँझेदारी र सहयोगमा कृष्णपुर नगरपालिकामा संचालनगर्दै आइरहेको समावेशी गुणस्तरिय शिक्षा परियोजना अन्तरगत कृष्णपुरका नगर प्रमुख हेमराज ओझा मार्फत कृष्णपुर नगरपालिकाका १५ वटा विद्यालयमा शैक्षिक सामाग्रीहरु वितरण गर्नु भएको छ ।

कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा, वल्र्डभिजनका प्रतिनिधि सुरज शर्मा लगायत लक्षितविद्यालयका प्रधानाध्यापक हरुको उपस्थितिरहेको थियो कार्यक्रममा शैक्षिक सामाग्रीवितरण अन्तर्गत परियोजनाले सहकार्य गरिरहेका १५ विधालयमध्ये ५ वटा विद्यालयका बालविकास केन्द्रहरुलाई प्रति केन्द्र ६ का दरले ३० वटा सिकाई कुना र र्याकहरु र ५ वटा सुज रयाकहरु,१५ वटै विद्यालयमा कक्षा १ र २ का लागिप्रतिविद्यालय २ वटा बुक र्याकहरु गरि ३० वटा बुक र र्याकहरु र ७ वटा विद्यालयहरुलाई बाल सहजसिकाई शैक्षिकसामाग्री ECD matrials नगर प्रमुखद्धारा हस्तान्त्रण गरेको प्रयोजना संयोजक रामेस्वर जैरुले जानकारी दिनु भएको छ ।

आधारभूत तहमा अध्ययनरत अति जोखिममा रहेका बालबालिकाहरुको समावेशी र गुणस्तरिय शिक्षामा समतामुलकपहुँचमा सुधार ल्याउने लक्ष्यमा संचालित कृष्णपुरका ५ वटा वडामा संचालनभइरहेको सो परियोजनामार्फत वितरण भएका शैक्षिक सामाग्रीले समावेशीशिक्षा र विधार्थीहरुको दिगो सिकाईमा टेवा पुरयाउने विश्वास रहेको आयोजक संस्थाकाकार्यक्रम संयोेजक रामेश्वर जैरुले बताए । साथै सो सहयोग मार्फत चार लाख असीहजार बराबरको सामाग्रीवितरण भएको पनि संयोजक जैरुले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply