कञ्चनपुरमा भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि कुटपिट गर्ने समुह माथी ज्यान मार्ने उद्योगमा उजुरी

धनगढी कञ्चनपुरमा भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि कुटपिट गर्ने समुह माथी ज्यान मार्ने उद्योगमा उजुरी हालिएको छ । शनिबार जिल्लाको भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि कुटपिट भएको थियो ।

नेकपा एमाले कञ्चनपुरका पार्टी सचिवालय सदस्य एवम वडाध्यक्ष रविन्द्र देवकोटाको आमा कमलादेवी देवकोटाले ८ जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा हालेको बताईन् । शनिवार जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गनृ पनि समस्या भएको र जिल्ला का प्रमुख जिल्ला अधिकारलाई जानकारी गराएपछि मात्रै दर्ता भएको उनले बताईन् । ५० देखी ६० जनाको समुह मिलेर मार्न खोजेको तर भाग्य राम्रो भएर मात्रै आफनो छोरा बाच्न सफल भएको उनले बताईन् ।

अहिले पनि उनको नाक, कानबाट रगत आई रहेको र बान्ता पनि भईरहेको आमा कमला देवकोटाले बताईन् । अहिले उनको माया मेट्रोमा उपचार भईरहेको र काठमाण्डौ लैजाने तैयारी भईरहेको उनले बताईन् । उनले प्रहरीले दोषीलाई पक्राउ गर्न लापरवाही गरेको बताईन् । प्रहरीले तदारुकता देखाएको भए सबै तत्काल पक्राउ पर्न सक्ने उनले बताईन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले राष्ट्रिय युवा संघ नेपालको आन्तरिक किचलोका कारण देवकोटामाथि कुटपिट भएको जानकारी दिएका छन् ।

देवकोटाको टाउकोमा, छातीमा मुखमा चोट लागेका छ । एसपी थापाले अहिले देवकोटाको पक्षबाट ८ जनाविरुद्ध उजुरी आएको र उनीहरुको खोजी सुरु गरिएको बताए । संगठनभित्रको विवादका कारण कुटपिट भएको भनिएपनि घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply