धनगढी । कृष्णपुर नगरपालिकाकी उपप्रमुख द्रौपदी रानाको प्रमुख आथित्यतामा सरोकारवालाहरुको एक संयुक्त टोलीले आज कृष्णपुर नगरपालिकामा संचालितबाल संरक्षण, सामुदायिक संलग्नतामुखी स्पोन्सरसीप र समावेशी गुणस्तरिय शिक्षा परियोजनाको अनुगमन गर्नु भएको छ ।
नेपाल राष्ट्रिय समाज कल्याण संघले वल्र्डभिजन ईन्टरनेसनल नेपालको साँझेदारी र सहयोगमा कृष्णपुरनगरपालिकामा २०७९ साल मंसीर देखी संचालनमाल्याएको सो परियोजनाहरुको अनुगमनमा कृष्णपुरका उप प्रमुख सहित सामाजिक विकास साखा अधिकृत महिला तथा बालबालिका शाखा प्रमुख शिक्षा तथा युवा शाखाका श्रोत व्यक्ति, वल्र्डभिजनका संयोजक,नेपाल राष्ट्रिय समाज कल्याण संघका व्यवस्थापक,संयोजकहरुको उपस्थिति रहेको थियो ।
संस्थाले संचालन गरिरहेको समावेशीशिक्षा परियोजनाद्धारा समुदायमा संचालनभइरहेका पढाई शिविर,विद्यालयका ईसिडि सेन्टरमा गरेको शैक्षिक सामाग्री सहयोग, विद्यालयहरुमा निर्माणाधिन अवस्थामा रहेका खानेपानी योजनाहरु र स्पोन्सरसीप कार्यक्रमद्धारा सहयोग गरिएकादर्ता भएका बालबालिकाहरुको गृहभेटहरु अनुगमनकाक्रममा हेरिएको थियो खासगरि अनुगमन टोलिले वडा नं ९ राजघाट वडा नम्बर ७ को कार्किकटान र कलुवापुर १ को भेटघाट र पहरियामा अनुगमन गर्नु भएको थियो ।
अनुगमनकार्यक्रममा सहभागी कृष्णपुर नगरपालिकाकि उप प्रमुख द्रौपदी रानाले समुदायमा संचालन भैरको पढाई शिविर अतिनै प्रभावकारी भएकोले आगामीदिनमा निरन्तरतादिनु पर्ने र स्थानियतहले थप सहयोग र सहकार्य हुनुपर्ने उहाले बताएकी छिन ।
यस्तै सामाजिकविकास अधिकृतले अन्यविद्यालयहरुमा पनि खानेपानी तथा शौचालयकार्यक्रमहरु प्रभावकारी हुने भएकोले थप्नु पर्ने र समग्रमा कार्यक्रमप्रभावकारी देखिएको बताए । परियोजना संयोजक रामेश्वर जैरुका अनुसार अनुगमनपश्चात सरोकारवालाहरु संग लिइएको फिडव्याक र प्रतिक्रियाबुझदा अनुगमनमा गएका प्रायः समुदायमा भैरहेका क्रियाकलाप हरुमा प्रभावकारी र सन्तुष्ट रहेको र कार्यक्रमलाई अझथप निरन्तरतादिन पर्ने सुझावआएको बताएका छन ।
