बनदेवी सामुदायिक बन उपभोक्त समितिको सातौं साधारणसभा सम्पन्न

धनगढी :कृष्णपुर नगरपालिका वडा नम्बर ९ राजघाटमा अवस्थित बनदेबी सामुदायिक बन उपभोक्ता समुहको सातौं वार्षिक साधारण सभा सनिवार सम्पन्न भएको छ ।

सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष निरज भन्डारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिती कृष्णपुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष कैलाश बलायर रहेका थिए भने बिशिस्ट अतिथिमा पिपरियाका रेन्जर नवीन सिह र सिएफ सिसिका प्रदेश सामुदायिक वन महासंघ सदस्य पुना राम चौधरी रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बलायरले बनले समुदायलाई फाईदा पुग्ने हुदा बन जोगाउन आवस्यक रहेको बताए। अध्यक्ष बलायरले बन समितीले आर्थिक पारदर्शीताका संगै उपभोक्ता हरुलाई सस्तोमा काठ दाउरा उपलब्ध गराउनु पर्ने बताए । स्थानीय सरकारले वनको संरक्षण, संवद्र्धनमा विशेष चासो दिएको र बनदेबी सामुदायिक वनलाई बिशेश प्राथमिकतामा राख्न आफुले गर्न सक्ने पहल गर्ने बताएका छन ।

वन क्षेत्रको प्रयोगसंगै संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । सामुदायिक वनले स्थानीयलाई सहयोग पुर्याउने हुँदा यसको प्रयोग र संरक्षणमा ध्यान दिन जरुरी रहेको उहाँको भनाई थियो । उहाँले सामुदायिक वनहरु रोजगारमुलक र व्यवसायिक तरिकाले अगाडि बढ्न आवश्यक रहेको समेत बताउनुभयो । सामुदायिक वनका उपभोक्ताहरुको आर्थिक पाटो सफल बनाउने खाले कार्यक्रम छनोट गर्न र कार्यान्यन गर्न उहाँले आग्रह गर्नुभयो ।

सामुदायिक बनका उपभोक्तााले बन पैदावार मात्र उपभोग नगरी बनलाई हरियाली प्रबर्दन गर्नै तर्फ पनि लाग्नुपर्ने बताउनुभयो ।सामुदायिक बनका कोशा अध्यक्ष दिर्घ राज ओझाले आय ब्यय प्रस्तुत गरेका थिए ।कार्यक्रमको संचालन काेषा अध्यक्ष दिर्घराज ओझाले गरेका थिए ।अन्य सामुदायिक बनका अध्यक्ष उग्रतारा सामुदायिक वनका अध्यक्ष मदन राना,जानकी सामुदायिक वनका अध्यक्ष चन्द्रप्रकाश भट्ट, शिक्षक बुद्धि जिबि समाजसेबी नेता पत्रकार र बृद आमा बुवाहरुको बाक्लो उपस्थिति रहेको थियो

श्री वनदेवी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा आर्थिक वर्ष २०७९/०८० मा सञ्चालित गरिबी निवारणका लागि सीप विकास कार्यक्रम अर्न्तगत मिति २०७९/१०/०२ गते देखि २०८०/०१/०२ गते सम्म कृष्णपुर नगरपालिका वार्ड नम्बर ९ मा सञ्चालन गरिएको आधारभूत ३ महिने कम्प्युटर तालिममा कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका वार्ड नम्बर ९ का १६ जना प्रशिक्षार्थीलाई तालीम गरे बाफत प्रमाण पत्रसहित सम्मान गर्नु भएको छ । यसै गरि सब डिभिजन बन कार्यालयको एरिया भित्र पर्ने बन देबि सामुदायिक बन अहिले सम्म गरेका हरेक कामहरुमा उत्कृष्ट स्थानमा पुगेको बताएको छ । साथै कार्यक्रममा जेष्ठ नागरिकको सम्मान सबैले गर्नुपर्ने सामुदायिक वनका अध्यक्ष भण्डारी बताउँछन् । सबै भोली जेष्ठ नागरिक हुने भएकोले स्याहारसुसार आवश्यक रहेकोे उनि बताउँछन् । बालापनको उमेर र वृद्ध उमेर उस्तै उस्तै हुने भन्दै उनले सम्मान सत्कारमा कन्जुस्याइँ नगर्न अपिल गरे ।यस्तै वनदेवी सामुदायिक वनका १२ जना ८० वर्ष नाघेका जेष्ठ नागरीकहरूलाई दाेसल्ला ओढाएर सम्मान गरेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply