प्यारातालको जैविक विविधता झल्काउन नगरिक लगानीमा माछाको प्रतिमा निमाण भइरहेको

महेन्द्रनगर। पुनर्वास नगरपालिका–९ स्थित प्यारातालमा पर्यटन प्रवर्द्धनका लागि नागरिक लगानीमा ‘माछाको प्रतिमा’ निर्माण भइरहेको छ। प्यारातालको जैविक विविधता झल्काउन नगरिक लगानीमा माछाको प्रतिमा निमाण भइरहेको हो।

तालको जैविक विविधता झल्काउने संरचना निर्माण गरि पयर्टन प्रवद्र्धनका लागि नागरिक स्तरबाट अभियान संचालन गरि माछाको प्रतिमा निर्माण भइरहेको प्याराताल पर्यटन प्रवर्द्धन तथा संरक्षण समितिका अध्यक्ष दीपेन्द्रकुमार बस्नेतले बताए।

‘प्यारातालको जैविक विविधता झल्काउने माछाको प्रतिमा निर्माण गरिरहेका छौं,’ उनले भने, ‘प्यारातालमा ‘सेल्फी प्वाइन्ट’ पनि निर्माण गर्छौ, सहयोग जुट्दै गएकामा प्यारातालको जैविक विविधता झल्काउने संरचना र पार्क बनाउने हाम्रो योजना छ।’

प्यारातालमा प्राकृतिक माछा, सुन गोहरो, विभिन्न प्रजातीका कछुवा, संरक्षित पानी बिरोलोलगायत पाइने गरेको अध्यक्ष बस्नेतले बताए।

‘यहाँ विभिन्न प्रजातीका प्राकृतिक माछा पाइन्छन्, माछा स्वादिष्ट पनि छन्,’ उनले भने, ‘माछासँगै विभिन्न प्रजातीका कछुवा, विश्वमा संरक्षित पानी बिरोलो पनि यहाँ पाइन्छ, तिनीहरुको अवलोकन पनि गर्न पाइन्छ।’

तालको जैविक महत्व लाई प्रदर्शन गर्दै पर्यटन बिकासका लागि ताल क्षेत्रको वनस्पति संरक्षण र जीवहरुको प्रतिमा स्थापना गरि संरक्षण अभियान संगसंगै पर्यटन बिकास गर्न नागरिक अभियान सुरु गरिएको अध्यक्ष बस्नेतले बताए।

उनका अनुसार प्यारातालमा माछाको प्रतिमा निर्माणका लागि नागरिक स्तरबाट १ लाख ४० हजार सहयोग संकलन भएको छ।

‘प्रतिमा निर्माण गर्न स्टमेट अनुसार २ लाख ८ हजार आवश्यक पर्छ, अहिलेसम्म नगरिकस्तरबाट १ लाख ४० हजार सहयोग आएको छ,’ उनले भने, ‘प्यारातालको संरक्षण तथा प्रवर्द्धनमा सरकारी निकायको ध्यान जानको सकेको छैन्, यो अभियानको लक्ष्य राज्यलाई रचनात्मक रुपले दबाब दिने उदेश्य पनि हो।’

प्याराताल पुनर्वास नगरपालिकाको प्रमुख पर्यटकीय क्षेत्र हो। तर नगरपालिकाले तालको संरक्षणमा चासो दिएको पाइदैन्। प्यारातालको महत्व नेपालका सरकारी निकायले नबुझ्दा भारतले अतिक्रमण गर्दै आएको छ।

प्याराताल दुधुवा नेश्नल पार्कसँगै जोडिएको छ। नेश्नल पार्कमा पाइने बन्यजन्तु पानी खान प्यारातालमै पुग्ने गर्छन्। त्यस कारण पनि भारतले प्यारतालमाथि आँखा गाडेको छ।

प्याराताललाई आकर्षक बनाउन सकेमा आन्तिरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने समितिका सचिव प्रेमप्रसाद जैसी बताउँछन्।

‘यस ताललाई आकर्षक बनाउन सकेमा यहाँ पर्यटकीय गतिविधि बढाउन सकिन्छ,’ उनले भने, ‘यस तालको संरक्षण तथा प्रवद्र्धनमा राज्यले ध्यान नदिएपछि हामीले नागरिक स्तरबाट सहयोग उठाएर माछाको प्रतिमालगायतका संरचना निर्माण गर्ने अभियान सुरु गरेका हौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply