सुदूरपश्चिमेली नेपाली समाज कतारले नयाँ नेतृत्व चयन गर्दै मनायो गौरा पर्व

धनगढी : सुदूरपश्चिमेली नेपाली समाज कतारले आफ्नो स्थापनाको आठौं वार्षिकोत्सव, छैटौं साधारण सभा तथा गौरा विशेष कार्यक्रम एकसाथ सम्पन्न गरेको छ । कतारको सनैयामा अवस्थित फूलबारी रेस्टुरेन्टमा शुक्रबार सम्पन्न कार्यक्रमको साधारण सभाबाट गोरख बहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।

निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रवीन्द्र बहादुर सिंह, प्रथम उपाध्यक्ष केशव सिंह खत्री, द्वितीय उपाध्यक्ष राजेन्द्र बोहरा, तृतीय उपाध्यक्ष दीर्घ कठायत, महासचिव राम बहादुर माल, सचिव गणेश तिरुवा, सह-सचिव नरेन्द्र मल्ल, कोषाध्यक्ष विष्णु भट्ट, महिला उपाध्यक्षमा पारु भट्ट र महिला संयोजकमा ममता रावल रहेका छन् । कार्यसमितिको केन्द्रीय सदस्यहरूमा करण बहादुर घराला, जनक धामी, प्रकाश ठगुन्ना, कमल सिंह विष्ट, राम प्रसाद रोस्यारा, कमल धमला, कर्न खत्री, जनक आउजी, राकेश रावल, करन सिङ, किसन भट्ट, धर्मराज शाही रहेका छन् । महिला सदस्यहरूमा गीता सुनार, जानकी ठगुन्ना र बसन्ती भाट रहेका छन् । निर्वाचन समितिका संयोजक सुरेन्द्र चन्दले नव निर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

समाजका अध्यक्ष परमानन्द भट्टको सभापतित्व तथा नेपाली राजदूतावासका प्रथम सचिव भुवन भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजका संरक्षक नरेन्द्र भाटको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि भट्टले सुदूरपश्चिम संस्कृतिको धनी रहेको बताउँदै कतारमा रहेका सबै सुदुरपश्चिमेलीमा थप एकताबद्ध हुन आग्रह गरे ।

पञ्चेबाजा बजाउँदै केक काटेर विधिवत उद्घाटन गरिएको कार्यक्रममा कतारमा स्थापित वैचारिक, सामुदायिक, सामाजिक, सांगीतिकलगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिले मन्तव्य मार्फत शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा थुप्रै कलाकारले सांगीतिक प्रस्तुति समेत दिएका थिए । संयोजक गोरख चन्द ठकुरीले स्वागत मन्तव्य राखेको कार्यक्रममा गौरा पर्वको महत्वका बारेमा समाजका प्रमुख सल्लाहकार सुरेन्द्र चन्दले प्रष्ट पारेका थिए । सो क्रममा गौराको महत्व झल्काउने झाँकीसमेत प्रस्तुत गरिएको थियो ।

भोज बहादुर साउँद र गणेश तिरुवाले मिलेर सहजीकरण गरेको कार्यक्रममा साउदले संस्थागत कार्यप्रगति विवरण पेस गरेका थिए । आफ्नो शुभकामना मन्तव्य राख्दै संरक्षक भाटले संस्थालाई गतिशील बनाउन सबै एकजुट हुन सुझाव दिए । कार्यक्रमको समापन गर्दै सभापति भट्टले आफ्नो कार्यकालमा थालिएका र अपुरा रहेका कामलाई नयाँ समितिले पूर्णता दिने विश्वास व्यक्त गरे । उनले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैमा कृतज्ञता प्रकट गरेका थिए । कार्यक्रममा एनआरएनए एनसीसी कतारको १०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यसमिति, समाजसँग सहकार्य गरेका विभिन्न संघसंस्था तथा समाजमा योगदान पुर्‍याएका विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply