कञ्चनपुरको दैजी हुलाकि सडकखण्ड युवाहरूले बन्द गरे

धनगढी – कञ्चनपुरको सडक लुर्घटनामा परी ज्यान गएपछि बेलडाँडी- दैजी जाेडने हुलाकी सडक खण्ड युवाहरूले बन्द गरेका छन्।
मंगलबार दिउँसो हुलाकी सडककाे विचमा परेकाे खाल्डोमा पारेर दुर्घटना हुँदा बेलडाँडी-१ का २२ वर्षीय युवक सुनिल सार्कीको मोटरसाईकल माेटरसाईकल दुर्घटनामा मृत्यु भएपछि सम्बन्धि निकायकाे ध्याकर्षण गर्न बेलडाँडीका युवाहरूले सडक बन्द गरेका हुन ।

बेलडाँडी-दैजि जाेडने मुख्य स्थान बेलडाँडी-२ काे क्याम्पमा युवाहरूले सडक बन्द गरेर स्थानिय सरकार र ठेकेदार विरूद्व उत्रीएका बेलडाँडी प्रहरी प्रमख प्रहरी निरिक्षक कृष्ण बहादुर कुवँरले कञ्चनपुर खबरलाई जानकारी दिनु भयाे ।
हुलाकि सडकका प्रतिनिधि र स्थाानिय सरकारले आएर बार्ता गर्नु पर्ने युवाहरूकाे माग छ । यदि माग पूरा हुने आश्वासन भए बन्द फिर्ता लिने भनेर बन्दकर्ता युवाहरूकाे भनाई रहेकाे प्रहरी निरिक्षक कुवँरले बताए ।

बन्दले यातायात सेवा प्रभावित बनेकाे छ । बेलडाँडीबाट दैजि, महेन्द्रनगर जाने अति आवश्यक बाहेकका सबै सवारी साधनमा युवाहरूले ठप्प पारेका छन् ।अहिले साे क्याम्प क्षेत्रमा युवाहरूकाे भिड छ ।
हुलाकी सडक निर्माण ठेकेदारको लापरबाहीले सडकमा भएका ठुल ठुला खाल्डा -खुल्डीको कारणले दैनिक जसाे प दूर्घटना बढ्दै गएपछि युवाहरूको समूहले हुलाकी सडक बन्द गर्न पुगेकाे आन्दोलनमा उत्रीएका युवाहरूकाे भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply