धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं.९ स्थित नमुना सामुदायिक वन समूहको आठौं वार्षिक साधारणसभा, सार्वजनिक सुनुवाई र सार्वजनिक लेखा परीक्षण सम्पन्न भएको छ । कृष्णपुर नगरपालिका वडा नंं. ९ चपरतला रहेको संस्थाको आफ्नै कार्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।

रामदास चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि बलायर सामुदायिक बनका उपभोक्तााले बन पैदावार मात्र उपभोग नगरी बनलाई हरियाली प्रबर्दन गर्नै तर्फ पनि लाग्नुपर्ने बताउनुभयो ।

साथै उहाले कृष्णपुर नगरपालिका वडा नम्बर ९ लाई हराभरा र स्वच्छ वडा,नगर बनाउन स्थानिय सरकार सामुदायिक वनहरुको पक्षमा रहेको र वनको निति निर्माणका क्रममा सामुदायिक वनसंग सहकार्य गरेर निति निर्माण गरिने बताउदै सफा सुन्दर ,हरियाली र बातावरण मैत्री नगर बनाउन स्थानीय सरकारले विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको हुदा सम्पुर्ण वडाबासिले सो अभियान सफल बनाउनका लागी हातेमालो गर्न आग्रह गर्नुभयो ।

उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले सामुदायिक वन तथा ठाउँले सम्भावना बोकेको हुँदा यहाँको विकासमा अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । वक्ताहरुले वनमा आबद्ध सदस्यहरुको सक्रीयता भएमात्र विकास हुनसक्ने भएकाले सबैलाई लाग्न अनुरोध गरे । कृष्णपुर वडा नम्बर ९ का अध्यक्ष कैलाश बलायरकाे प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा पिपरिया सव डिभिजन कार्यालयका प्रमुख वन अधिकृत नवीन सिंहले सामुदायिक वनले स्थानीयलाई सहयोग पुर्याउने हुँदा यसको संरक्षण गर्न उत्तिकै आवश्यक भएको बताएका छ्न ।

उनले धनगढी उपमहानगरपालिका क्षेत्र पनि यस वनमा जाेडिएकाले सम्भावनाको खोजी गरी अघि बढ्न स्थानीयलाई आव्हान गरे । बनका अध्यक्ष रामदास चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश फेकाेफन का प्रतिनिधि पुनाराम चौधरी अतिथि वनदेवी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष निरज भण्डारी जानकी सामुदायिक वनका अध्यक्ष चन्द्र प्रकाश भट्ट सीता सामुदायिक वनका अध्यक्ष छविलाल चौधरी, गौरा सामुदायिक वनका प्रतिनिधि राधा पनेरू, पंकज चौधरी बसन्त बनवाटीकाका प्रतिनिधि लगायतले धारणा राखेका थिए ।
६६ जना उपभोक्ता रहेको सामुदायिक बनको कार्यक्रमलाई समाजसेवी लालबहादुर चौधरीले सञ्चालन गरेका थिए । सचिव सुस्मा दहितको स्वागत तथा समाजसेवी लालबहादुर चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यस्तै कार्यक्रममा बोल्दै अध्यक्ष बलायरले छाडा छौपायले किसान हरुको बालिनाली सखाप गरिरहेकाले त्यो समस्या आफुले मध्य नजर गरेर वडा बाट पाच लाख बजेट छुट्याएको अध्यक्ष बलायरले बताएका छन ।
