कञ्चनपुर :- पुनर्वास नगरपालिका ११ डाेके बजारमा तिज मेला विषेश समारोह समुहको आयोजनामा हरितालिका तिज २०८० कार्यक्रम भब्यताकासाथ सम्पन्न भयो। नारिहरुको महान पर्व तिजको पवन अवसरमा हर्ष र उल्लासमय बातावरणमा आयोजना गरिएको उक्त कार्यक्रममा तिज मेला विषेश समारोह डाेके बजार वरपरका नेपाली नारिहरुको बिषेस उपस्थिति रहेको थियो। तिज मेला विषेश समारोह समितिका अध्यक्ष ममता ताम्राकारको अध्यक्षतामा, कञ्चनपुर र कैलालीका ब्यापारी, बुद्धिजीवी समाजसेवी
दिदीबहिनी लगायत अतिथि रहेको उक्त तीज बिषेस कार्यक्रमको संचालन तिज मेला विषेश समारोह डाेके बजार समितिले गरेको थियो।

तिजमेला विषेश समारोह समुहका अध्यक्ष ममता ताम्राकारकाे अध्यक्ष्ामा तीज बिषेस कार्यक्रममा थुप्रै संघ संस्थाका ब्यापारी, बजार ब्यबसाय महिला नेत्रि, प्रतिनिधी, समाजसेबि महिलाहरुको उपस्थिति रहेको थियो। तीज कार्यक्रम समुहका अध्यक्ष ममता ताम्राकारलेअतिथि र बिषेस अतिथिले उपास्थित सबैलाई तिजको शुभकामना दिदै धन्यबाद व्यक्त गर्नु भएको थियो।
कार्यक्रममा बिभिन्न किसिमका आकर्षक तिजको बिषेस दरखाना खाने पिउने र संगसंगै डिजेको तिज गितमा सबैले छमछमि तिज नृत्य नाचेर भरपुर मनोरंन्जन गरेका थिए।तिज नृत्यमा उत्कृष्ट नृत्यङ्गनाहरु पुरस्कृतपनि भएका थिए ।

उत्कष्ट नृत्य नाचेर तिज कार्यक्रममा तिज मेला विषेश समारोह समिति ममता ताम्राकारकाे संयोजनमा, कार्यसमितिका सदस्यहरु, स्वयंसेवक सल्लाहकारहरु तथा सदस्यहरुको सहयोगबाट तयार पारेका तीज विषेश वाटर, खाध्य पदार्थ तथा आर्थिक प्रायोजन गरेर सहयोग गरेका थिए।
कार्यक्रममा विषेश सहयोगी हरुकाे उपस्थिति रहेको थियो। यस बर्षको तीज बिशेष कार्यक्रम दिउसो १ बजे आरम्भ भएर बेलुका १० बजे अन्त भएको थियो।
