नेकपा एमाले बेलौरी नगर कमिटी को आयोजनामा केन्द्रीय उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्झनामा शनिबार श्रद्धाञ्जली सभा सम्पन्न भएको हो। भदौ २६ गते हृदयघात भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा नेम्वाङको निधन भएको थियो।
बेलौरी नगरपालिका वडा नम्बर ४ को सभाहलमा सम्पन्न कार्यक्रमको सभापति नेकपा एमाले बेलौरी नगरकमिटी अध्यक्ष बाबुराम न्यौपाने,प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य यज्ञ कडेल,अतिथि प्रदेश सदस्य कर्मसाय राना,कुलबिर चौधरी ,चित्र कुमारी चौधरी ,राधा कुमारी कडेल, नेकपा एमाले जिल्ला कमिटी सदस्य पल्लबराज भट्ट , प्रदेश कमिटी सदस्य ,जिल्ला कमिटी सदस्य ,नगर कमिटी सदस्य लगायत नेता कार्यकर्ताको सहभागी रहेको थियो।
माधव पौडेल २०८० आश्विन ६, शनिबार मा प्रकाशित ७ घण्टा अघि
बेलौरी , ६ असोज । नेकपा एमाले बेलौरी नगर कमिटी को आयोजनामा केन्द्रीय उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्झनामा शनिबार श्रद्धाञ्जली सभा सम्पन्न भएको हो। भदौ २६ गते हृदयघात भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा नेम्वाङको निधन भएको थियो।
बेलौरी नगरपालिका वडा नम्बर ४ को सभाहलमा सम्पन्न कार्यक्रमको सभापति नेकपा एमाले बेलौरी नगरकमिटी अध्यक्ष बाबुराम न्यौपाने,प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य यज्ञ कडेल,अतिथि प्रदेश सदस्य कर्मसाय राना,कुलबिर चौधरी ,चित्र कुमारी चौधरी ,राधा कुमारी कडेल, नेकपा एमाले जिल्ला कमिटी सदस्य पल्लबराज भट्ट , प्रदेश कमिटी सदस्य ,जिल्ला कमिटी सदस्य ,नगर कमिटी सदस्य लगायत नेता कार्यकर्ताको सहभागी रहेको थियो।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवं नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य कडेलले केन्द्रीय उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ निधन प्रती दुख व्यक्त गर्दै उहाँको निधनमा देश लाई नै क्षेती भएको र संविधान जारी गर्नमा महत्त्वपूर्ण भुमिका रहेको समेत बताउदै सरकार नै कमजोर बनेका बखत छिमेकीले सिमा मिच्ने देशमा अराजक मैलाएको बताउनुभयो । समापनमा बोल्दै नेकपा एमाले बेलौरी नगर कमिटी अध्यक्ष बाबुराम न्यौपानेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ निधन प्रती दुख व्यक्त गर्दै उहाँको निधनले पुरै देश नै शोकाकुल भएको बताउनुभयो। कार्यक्रमको सञ्चालन नगर कमिटी उपसचीव हस्त बहादुर बि क ले गर्नुभएको थियो।