शिशुलाई उखुबारीमा बाँधेर परपुरुषसंग भागेकी महिला पक्राउ

धनगढी :- दुदे शिशुलाई उखुबारीमा बाँधेर परपुरुषसंग भागेकी एक महिला पक्राउ परेकी छिन । शुक्रबार बिहानै १४ महिने शिशुलाई बेलौरी नगरपालिका ७ पहुलाह उखुबारीमा हात बाँधेर परपुरुषसंग भाग्न लागेकी महिला पक्राउ परेकी हुन ।

पुनर्वास नगरपालिका २अमरैया माईती घरमै बस्दै आएकी सर्मिला चौधरी पक्राउ परेकी हुन । उनी यस अघि बेलौरीका अजय चौधरी र सुन्दर चौधरीसंग विवाह गरेकी थिईन । सर्मिलाबाट जन्मिएको शिशु कसको बच्चा हो, भन्ने पहिचान नभएपछि श्रीमान अजय चौधरीसंग विवाद भएपछि बेलडाँडी ३ वैवाहका प्रेम डगौरासंग भाग्न लागेकी सर्मिला शनिबार पक्राउ परेकी छिन ।

शिशुका कारण श्रीमानसंग रातदिन झै झगडा किचलो हुन थालेपछि समाजिक सञ्जाल फेसबुक मार्फत वैवाहका प्रेम डगौरासंग भागेर विवाह गर्न लागेकी महिलालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले बच्चालाई उखुबारीमा छाडेर फरार हुने सर्मिला चौधरीलाई पक्राउ गरेर आवश्यक अनुसन्धान अघि बढाईएको बताए । ‘१४ महिने शिशुलाई उखुबारीमा अलपत्र छाडेर भाग्ने आमा सर्मिलालाई प्रहरीले पक्राउ गरिसकेको छ, ‘प्रहरी प्रवक्ता डाँगीले भने, ‘ईप्रका बेलौरीमा सर्मिलामाथि आवश्यक अनुसन्धान भईरहेको छ ।’

शुक्रबारै प्रहरीले बालकका मामा घरका आफन्तलाई शिशु जिम्मा लगाएको थियो । क्र्रूर अमानविय ढङगबाट ति महिलाले शिशुलाई उखुबारीमा हात बाँधेर छाडेपछि शिशु रुन थालेपछि स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । उक्त घटनालाई समाजिक अभियन्ताहरुले मानवता नै हराएको संज्ञा दिएका छन । आफ्नै कोखबाट जन्मिएको बच्चालाई यसरी शिशुलाई अमानविय रुपमा उखुबारीमा छाडेर परपुरुषसंग भाग्ने महिलामाथि कानुनी कार्बाहीको माग अघि सारेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply