धनगढी :- जानकी सामुदायिक वन उपभोक्ता समुह कृष्णपुर ९ पिपरियाको १४ औं वार्षिक साधारणसभा सरस्वती आधारभूत विद्यालयकाे प्राङगणमा शनिबार सम्पन्न भएको छ । समितीका अध्यक्ष चन्द्र प्रकाश भट्टको अध्यक्षता तथा कृष्णपुर नगरपालिका उप-प्रमुख द्राेपती रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले सामुदायिक बनका उपभोक्तााले बन पैदावार मात्र उपभोग नगरी बनलाई हरियाली प्रबर्दन गर्नै तर्फ पनि लाग्नुपर्ने बताउनुभयो । साथै उहाले कृष्णपुर नगरपालिकालाई हराभरा र स्वच्छ नगर बनाउन स्थानिय सरकार सामुदायिक वनहरुको पक्षमा रहेको र वनको निति निर्माणका क्रममा सामुदायिक वनसंग सहकार्य गरेर निति निर्माण गरिने बताउदै सफा सुन्दर ,हरियाली र बातावरण मैत्री नगर बनाउन पालिकाले विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको हुदा सम्पुर्ण नगरवासिले सो अभियान सफल बनाउनका लागी हातेमालो गर्न आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा विशिष्ट अतिथि कृष्णपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कैलाश बलायर, सब डिभिजन वन कार्यालय पिपरियाका अधिकृत नवीन सिंह कैलाली अत्तरिया सब डिभिजन वन कार्यालय अधिकृत निरन्जन कडाल, एनफेकाेफन प्रदेश प्रतिनिधि पुनाराम चौधरी,एनफेकाेफन प्रतिनिधि मीन बहादुर बिष्ट पर्यटन विकास समाज समितिका कृष्णपुरका अध्यक्ष लेखराज जाेशी वडा सदस्य माेलि राना, वडा सदस्य हरिप्रसाद राना अतिथि एनफेकाेफन कञ्चनपुर जिल्ला महासचिव तथा वनदेवी ।

सामुदायिक वनका अध्यक्ष निरज भण्डारी उग्रतारा सामुदायिक वनका अध्यक्ष मदन राना सीता सामुदायिक वनका अध्यक्ष छविलाल चौधरी गौरादेवी सामुदायिक वनका प्रतिनिधि लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो ।
सो अवसरमा समुहका अध्यक्ष भट्टले प्रतिवेदन गत आ.व को प्रगती तथा आगामी बर्षको निति तथा कार्यक्रम भट्टले प्रस्तुत गर्नुभएकोथियो । कार्यसमिती सदस्य रुपा चौधरीको स्वागत मनतव्य रहेको कार्यक्रमको सञ्चालन अनु राना ले गर्नुभएको थियो । करिब ६ सय घरधुरी उपभोक्त रहेका छन् कार्यक्रममा
युवा खेलाडी , जेष्ठ नागरिक , समाजसेवी, बुद्धिजीवी लागायत विषेश ब्यक्ति लाई सम्मान तथा मायाको चिनाे प्रदान गरेका थिए ।

यस्तै जानाकी सामुदायिक बन उपभोक्ता समूह कृष्णपुर न पा ९ को चौधौं बार्षिक साधारणसभा आ व २०७९/८० को आर्थिक प्रतिबेदन र बार्षिक कार्ययोजना अनुमोदन गर्दै स्थानीय सांस्कृतिक कार्यक्रम र वडा नम्बर ९ का फुटबल खेलाडी हरुको सम्मान ,जेष्ठ नागरिक सम्मान गर्दै कार्यक्रम सम्पन्न भएको हो ।
