धनगढी । गएराति परेको अविरल वर्षाका कारण कैलाली र कञ्चनपुरका केही स्थान डुबानमा परेको छ । अविरल वर्षाका कारण धनगढीकाे सेती प्रादेशिक अस्पतालका केही वार्ड समेत जलमग्न भए अस्पतालमा बिरामी भर्ना गरिएका कक्षहरूमा पानी भरिएका कारण बिरामीले सास्ती खेप्नु परेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दका अनुसार सेती अस्पतालको प्रसूति वार्ड र शल्यक्रिया कक्षमा पानी पसेको छ । वार्डमै पानी पसेपछि बिरामी र तिनका आफन्तलाई समस्या भएको छ । आइतबार रातिदेखिको अविरल वर्षाका कारण धनगढी बजार क्षेत्रका एलएन चोक, विशालनगर, हसनपुर क्षेत्र जलमग्न भएका छन् । पानीको निकास नहुँदा धनगढी उपमहानगरपालिकाका वडा नम्बर १, ३ र ४ मा बढी डुबान भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सेती प्रादेशिक अस्पताल जलमग्न भएका कारण अस्पताल आएका बिरामीलाई समस्या परेको बिमारीका आफन्त बताउँछन् अस्पतालका बार्ड, अप्रेसन बार्ड लगायतमा पानी भरिएको छ ।
