क्रान्तिकारी कम्युनिष्ट पाटी निकट युवा संगठन नेपालले कञ्चनपुरको सीमा सुरक्षाका लागि गृह र परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र पठाएको

कञ्चनपुर । सीमा सुरक्षाका लागि क्रान्तिकारी युवा संगठन नेपालले गृह र परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र पठाएको छ । क्रान्तिकारी कम्युनिष्ट पाटी निकट युवा संगठन नेपालले कञ्चनपुरको सीमा सुरक्षाका लागि गृह र परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र पठाएको हो ।

आइतबार क्रान्तिकारी युवा संगठन नेपालले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत ज्ञापन पत्र बुझाएको हो । क्रान्तिकारी युवा संगठन नेपालका सुप प्रदेश संयोजक दिपेन्द्र सिह ऐरीले भारतीय पक्षबाट ब्रम्हदेब सहितका जिल्लाका विभिन्न स्थानमा एकलौटी सीमा पिलर निर्माण गरिएको भन्दै गृह र परराष्ट्रको ध्यानाकर्षण गराएको बताए ।

भारतीय पक्षबाट एकलौटी रुपमा निर्माण गरिएको पिलर नेपाली जनतालाई कुनैपनि हालतमा स्वीकार्य नहुने भन्दै हटाउनुपर्नेै माग अघि सारेर ज्ञापन पत्र बुझाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply