धनगढी :- प्रहरी कार्यालय कञ्चनपुरले तस्करी माथि एक्सन थाले संगै भन्सार छलीका अबैध समान धमाधम बरामद गर्दै आएकाे छ । प्रहरीले एक दिनमा मात्रै ११ लाख बराबरका भन्सार छलीका अबैध समान बराद गरेकाे हाे । शनिबार अन्दाजि साझ ६ बजेकाे समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा भिमदत्त नगरपालिका वडा नम्बर-१० गड्डाचौकीबाट अवैध रुपमा भन्सार छली गरी ल्याएका बेवारिसे अन्दाजि ११ लाख ५ सय रूपयाँ बराबरका मोवाईल, मोवाईलका कभर, चप्पल, सर्टको कपडा,ट्रयाक सुट, साडी,कोट पैन्ट कपडा, सुट,जुत्ता बनाउने कपडा, उनि पाखी कपडा लगायत बिभिन्न किसिमका सामान बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक कमल थापाले बताउनु भयाे ।

कानुन बमोजिम बरामद गरिएका समानलाई आवश्यक कार्वाहीको लागि आईतबार भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाईए प्रहरी उपरिक्षक थापाले बताए । उनले भने “हामिले तस्करी नियन्त्रणमा अभियान चलाए संगै कराेडाैका अबैध समान बरामद गर्न सफल भएकाे बताए ।” `यस अघि पनि पटक-पटक गरी विभिन्न समयमा कञ्चनपुरका सिमा क्षेत्र, बजार क्षेत्रका गाेदाममा सर्चगरी कराेडाै बढी मुल्यका भन्सार छली गरी ल्याईएका अबैध समान बरामद गरेर कानुनी कार्वाहिका लागि भन्सार कार्यालय गड्डाचाैकी पठाएकाे उनले बताउनु भयाे ।´

कञ्चनपुर प्रहरीले तस्करी नियन्त्रणमा कडा एक्सन जारी रहेकाे बताउदै प्रहरी उपरिक्षक थापाले भने “अबैध समान मात्रै नभएर अनुसन्धानले भेटाएका मानिस समेतलाई पक्राउ गरी कार्वाहि गरीएकाे बताए ।”
हाम्रो अभियानले सकृयता देखाए संग कञ्चनपुरमा विगत भन्दा तीन गुणा बढिले राजस्व संकलनमा बृद्वि समेत भएकाे उहाँकाे भनाई छ ।
