भूकम्पले तलकोट गाउँपालिकामा क्षति ५.३ म्याग्निच्युडको भूकम्प वडा कार्यालय ध्वस्त

सरस्वती सुनार
धनगढ :- सुदूरपश्चिममा भुकम्प ठुलै धक्काको महशुश हुने गरी गएको छ । सुदूरपश्चिम हल्लाउने गरी आएको भूकम्पको धक्काले बझाङको तलकोट गाउँपालिकामा क्षति पुर्‍याएको छ । गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवर भण्डारीले भूकम्पले क्षति गरेको बताइन् ।

लिका कार्यालय अगाडिकै जमिन चिरा परेको छ। वडा नम१
सुनिकोटको वडा कार्यालय भवन नै ध्वस्त भयो भन्ने खबर छ ।’आफूहरू गाउँपालिका कार्यालयमै रहेको र अन्य क्षतिको विवरण संकलन गरिरहेको उनले बताइन् । दूरपश्चिम प्रदेशको बझाङ जिल्लामा केन्द्रविन्दु रहेको भूकम्पले पश्चिम नेपालका विभिन्न जिल्लामा धक्का दिएको थियो । बझाङकाे तालकोट आसपास केन्द्रबिन्दु भएर पश्चिम नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का महसूस गरिएको जनाइएको छ ।
दिउँसो ३ बजेर ६ मिनेटमा गएको भूकम्पको धक्का उपत्यकालगायत आसपासको क्षेत्रमा गएको छ । सामाजिक सञ्जालमा मानिसहरुले ठूलै धक्का महशुश भएको लेखेका छन् । भूकम्पले लामो समय हल्लाएको थियो । भुकम्पका कारण मानिसहरु घरबाट बाहिर निस्किए । अहिलेसम्म कुनै क्षति विवरण नआएपनि उपत्यकावासी सतर्क भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply